निर्वाचन विशेष


सिरहाका नवराजपुरको अध्यक्ष–उपाध्यक्षमा जसपा विजयी

सिरहाका नवराजपुरको अध्यक्ष–उपाध्यक्षमा जसपा विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार ०:०, काठमाडौँ

सिराहाको नवराजपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ। 

जसपाका शिवउदगार यादव २ हजार बढी मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । यादव ४ हजार ५५४ मत ल्याए। 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमोहन यादवले २ हजार ५२५ मतमा सिमित भए। 

यस्तै उपाध्यक्षमा जसपाकै पुनमकुमारी यादव विजयी भएकी छन्। उनले ४ हजार ३१८ मत ल्याएर विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३८५ मत पाएकी छन्। 

पाँचवटा वडा रहेको यो गाउँपालिकामा जसपाले ४ नम्बर वडाबाहेक सबै वडामा जित हात पारेको छ।

पराजित भएका विश्व यस गाउँपालिकाको निवर्तमान पालिका अध्यक्ष हुन्।  २०७४ को निर्वाचनमा उनी कांग्रेसबाटै निर्वाचित भएका थिए। विश्वमोहन कांग्रेस नेतृ तथा पूर्व उपसभामुख चित्रलेखा यादवकी भाइ हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad