इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसले गाउँपालिका अध्यक्ष जित्दा बहुमत वडाहरु पनि जितेको छ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार मनिकुमार स्याङ्वोले ४ हजार ६७९ मत साथ गाउँपालिका अध्यक्ष जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेहरमान तामाङ ४ हजार ३२२ मतका साथ पराजित भए।
गाउँपालिकाको उपाध्यक्षमा भने एमाले विजयी भएको छ। एमालेबाट विष्णुमाया खवासले ४ हजार ६५६ मत प्राप्त गरिन्। कांग्रेस उम्मेदवार कल्पनादेवी खनालले भने ४ हजार १९७ मत प्राप्त गरिन्। गत स्थानीय तह निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको थियो।
120
Shares

प्रतिक्रिया