निर्वाचन विशेष


विराटनगरमा जसपाका बागी यादवको प्रश्न : दुःख पाउने कार्यकर्ता, लाभ लिने नेताका छोराछोरी?

विराटनगरमा जसपाका बागी यादवको प्रश्न : दुःख पाउने कार्यकर्ता, लाभ लिने नेताका छोराछोरी?

सुमन पुरी
बैशाख २६, २०७९ सोमबार १६:२२, विराटनगर

विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताप्रति गद्दारी गरेको आरोप लगाएका छन्। 

पत्रकारसँग कुराकानी गर्दै उनले आफ्नो छोराको राजनीतिक भविष्य बनाउन मधेसी जनताप्रति गद्दारी गरेको दाबी गरे । 

उनले पार्टी बलियो बनाउन र मधेसी जनताको अधिकार रक्षाको लागि भन्दा पनि छोराको भविष्य बनाउन गठबन्धन गरेको आरोप लगाए। 

मेयरका प्रत्यासी यादवले भने, ‘आन्दोलनमा दुःख पाउने जनता, अनि लाभ लिने चैँ नेताका परिवारका सदस्य?’ 

उनले प्रश्न गरे, ‘विराटनगरमा जसपाले मेयर र उपमेयर दुवै जित्ने अवस्थामा मेयर कांग्रेसलाई किन सुम्पिनुपर्ने थियो, अरुलाई ठाउँ दिन वर्षौदेखि पार्टीमा लागेर मरि मेटेको हो?’ 

उनले मधेस आन्दोलनलाई सफल बनाउने सयौं नेता कार्यकर्तालाई पाखा लगाउँदै उपेन्द्रले आफ्ना छोरालाई अगाडि सारेकोमा चित्त दुखेको बताए। 

आन्दोलनका क्रममा जेल नेल भोगेका र दुःख पाएकाको अवमूल्यन भयो,’ प्रश्न गर्दै उमेशले भने, ‘नेताका छोरा–छोरीलाई अवसर दिन जनताले आफ्नो रगत र पसिना बगाएका हुन्? यदि हैन भने सयौं नेता कार्यकर्ताको त्याग र बलिदानी आज कहाँ गयो?’

नेताहरुलाई नव राजाको संज्ञा दिँदै उनले छोराछोरीलाई नव राजकुमार र नवराजकुमारी तथा श्रीमतीलाई रानी महारानी बनाउन खोजेको बताए।

उनले स्वतन्त्र रूपमा मनोनयन दर्ता गरेपछि उम्मेदवारी फिर्ता लिन धेरै ठाउँबाट दबाब आएको बताए। 

‘गठबन्धन दलका नेतादेखि प्रहरी प्रशासनसम्मकाले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सहयोग गर्न आग्रह गरे’ उनले भने, ‘अरु पनि धेरैतिरबाट दबाब आयो। ककसले दबाब दिए भनेर सार्वजनिक गरिरहन आवश्यक छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .