निर्वाचन विशेष


भरतपुरका बागीलाई भुइँकटहर

भरतपुरका बागीलाई भुइँकटहर

नेपालखबर
बैशाख १७, २०७९ शनिबार १२:१२, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले भुइँकटहर चुनाव चिह्न दिएको पौडेलले नेपालखबरलाई बताए। 

नेपाली कांग्रेसका पूर्वसांसद समेत रहेका पौडेलले पार्टीको निर्णयविरुद्ध भरतपुरमा उम्मेदवारी दर्ता गराएका हुन्। 

सत्ता गठबन्धनमा माओवादी केन्द्रलाई भरतपुरको मेयर दिने सहमति भएपछि असन्तुष्ट पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन्। 

उनको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा नेताहरु गृहमन्त्री बालकृण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायतले प्रयास गरेका थिए। तर उनले बागी उम्मेदवारी फिर्ता नलिने अडान राखे। 

पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएको भन्दै कांग्रेस केन्द्रीय समितिले उनलाई पार्टीबाट निष्कासन गरेको छ।

उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि फोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .