कारोबार


सेयरबजारमा बल्झियो पुरानै समस्या, डेढ सय कम्पनीका लगानीकर्ताले गुमाए

सेयरबजारमा बल्झियो पुरानै समस्या, डेढ सय कम्पनीका लगानीकर्ताले गुमाए

नेपालखबर
साउन २६, २०७९ बिहिबार १५:९, काठमाडौँ

सेयरबजारमा फेरि पुरानै समस्या बल्झिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १९.०६ अंकले र सेन्सिटिभ सूचक ४.०९ अंकले घटेको हो। 

सूचकमात्र होइन कारोबार रकम पनि घट्दै गएको छ। आज १ अर्ब ७६ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ। 

कुल २२३ कम्पनीको कारोबारमा ६२ लाख ९८ हजार कित्ता सेयर बिक्री भएको हो। 

दिनभरिमा ३६ हजार २ सय ६४ पटक मात्रै सेयर कारोबार भएको थियो। 

आज सामूहिक लगानी कोषबाहेक सबै उपसूचकहरु राताम्य छन्। बिहान ११ बजे खुलेको सेयरबजार १२ बजेसम्म उकालो लागे पनि त्यसपछि निरन्तर ओरालो झरेको छ। योसँगै नेप्से २०३७.८३ विन्दुमा आइपुगेको छ। 

आज १५० कम्पनीका लगानीकर्ताले गुमाउँदा ३२ कम्पनीकाले मात्रै कमाएका छन्। यसअनुसार सबैभन्दा धेरै कमाउनेमा हिमालयन हाइड्रोपावर र अपरहेवाखोला हाइड्रोका लगानीकर्ता छन्। उनीहरुले ९.९९ र ९.९८ प्रतिशत आम्दानी गरेका छन्। 

अन्य लगानीकर्ताले साढे ४ प्रतिशत पनि आम्दानी गर्न सकेनन्। त्यस्तै गुमाउने लगानीकर्ताले आज ८.२३ प्रतिशतसम्म गुमाएका छन्। युनिलिभर नेपाल, बुद्धभूमि नेपाल हाइड्रोपावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, समृद्धि फाइनान्स, सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका हुन्। 

सर्वाधिक कारोबारमा आज शिवम् सिमेन्ट अगाडि आएको छ। कम्पनीको ७ करोड २७ लाखको सेयर किनबेच भएको छ। त्यसपछि हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख, नेस्डो समृद्ध लघुवित्त, हिमालयन एभरेस्ट इन्स्योरेन्स र नबिल बैंकको क्रमशः ५ करोड ४६ लाख, ४ करोड ६१ लाख र ४ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .