कारोबार


दराज नेपालद्धारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा

आकर्षक बचत र उपहार जित्ने मौका
दराज नेपालद्धारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १९:६, काठमाडौँ

अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिङ फेस्टको घोषणा गरेको छ। यस अवसरमा दराजले आकर्षक डिल्स, विशेष ब्रान्ड अफरहरु, भुक्तानीमा छुट सुविधा तथा रोमाञ्चक गिभअवे उपहारहरू समावेश गरिएको जानकारी दिएको छ।

यो अभियान जुन ५ (जेठ २२, २०८३)को बेलुकी ८ बजेदेखि जुन १० (जेठ २७) सम्म सञ्चालन हुनेछ। यस अवधिभर  ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५% सम्मको छुट, निःशुल्क होम डेलिभरी तथा विशेष भौचरहरूको उपयोग गरी आकर्षक लाभ उठाउन सक्नु हुनेछन्। यी अफरहरुका माध्यमबाट उपभोक्ताको मध्य–वर्षीय किनमेललाई अझ लाभदायक बनाउने कम्पनीको विश्वास छ।

योजना अवधिभर, ग्राहकहरूले दराजका लोकप्रिय ब्रान्डहरूबाट विशेष छुट प्राप्त गर्न सक्नु हुनेछन्। जस अन्तर्गत, प्लेटिनम ब्राण्ड पार्टनरहरु भ्यासेलिन, केमिस्ट एट प्ले तथा होनासाका तर्फबाट १५% सम्म छुट, गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्ड हाउस, न्यूलाईट सीओएसआरएक्सका तर्फबाट ७०% सम्म छुट उपलब्ध हुनेछ। साथै, सिल्भर ब्राण्ड पार्टनर्स फ्यानटेक, लिभाइस, एंकर र मारिकोका तर्फबाट ६५% सम्म छुट सहितका अफरहरु पनि  उपलब्ध हुनेछ।

योजना अवधिभर ग्राहकहरूले ब्राण्ड रश आवर अफरहरूको पनि लाभ लिन सक्नु हुनेछन्। ब्राड रश आवर अफरहरु अन्तर्गत ६६ भन्दा बढी ब्रान्डका विशेष अफरहरू समावेश हुनेछन्। यो विशेष अफर जुन ५को बेलुकी ८ बजेदेखि जुन ६को बिहान २ बजेसम्म तथा पुनः जुन ८ बेलुका ८ बजेदेखि मध्य रातसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।

ग्राहकहरूलाई बचतको बृहत्त अवसर प्रदान गर्ने उद्देश्यका साथ दराजले नबिल बैंकसँग सहकार्य गरेको छ। यस सहकार्यले ग्राहकहकहरुलाई न्यूनतम रु. १,४९९ को खरिदमा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५% छुट (अधिकतम रु. ७५०) तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १०% छुट (अधिकतम रु. ५००) प्राप्त गर्न सक्नु हुनेछन्। त्यसैगरी, ईसेवा तथा खल्ती बाई आईएमईका प्रयोगकर्ताहरूले ब्राण्ड रश आवर अवधिमा १२% छुट (अधिकतम रु. २००) तथा नियमित किनमेल अवधिमा १०% छुट (अधिकतम रु. १५०) प्राप्त गर्न सक्नु हुनेछन्।

जति धेरै किनमेल, त्यति नै ठूलो उपहार 
यस अभियानलाई अझ रोमाञ्चक बनाउन दराज नेपालले ग्राहकहरूका लागि विभिन्न आकर्षक उपहारहरूको समेत व्यवस्था गरेको छ।

उपहारहरूको मुख्य आकर्षणका रुपमा हाइसेन्सको सहकार्यमा ल्याइएको मेगा गिभअवे रहेको छ। यस अन्तर्गत करिब रु. १,६५,००० मूल्य बराबरको ६५ इन्चको हाइसेन्स क्यूलेड भिडा टीभी एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन्।

उत्कृष्ट दृष्य गुणस्तर र स्मार्ट मनोरञ्जन सुविधाले भरिपूर्ण यो प्रिमियम टेलिभिजन अभियानको मुख्य पुरस्कारको रूपमा प्रदान गरिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

त्यसैगरी, “बाई एण्ड विन” योजनाअन्तर्गत ग्राहकहरूले निम्न लिखित आकर्षक पुरस्कारहरू जित्ने थप अवसरपनि प्राप्त गर्नेछन् ः

  • मूल्य रु. ५३,९६० बराबरको स्पारनोड फिटनेस होम युज वाकिंग प्याड एण्ड ट्रेडमिल : १ जना विजेतालाई
  • मूल्य रु. ३,००० बराबरको फोरया एण्ड पी सेफ प्रडक्ट बन्डल् – २ जना विजेतालाई र 
  • मूल्य रु. ५,००० बराबरको स्मार्ट ईलेक्ट्रिक वाइन एण्ड लिक्विड डिस्पेन्सर – १ जना विजेतालाई 

अभियान अवधिभर न्यूनतम रु. १०,००० बराबरको खरिद गरी दराजमा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेर सफलतापूर्वक किनमेल पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनु हुनेछन्।

त्यसैगरी, न्यूनतम रु. ५,००० बराबरको खरिद गर्ने ग्राहकहरू “बाई एण्ड विन” योजनामा सहभागी गराइने पनि कम्पनीले जानकारी दिएको छ। 

अविश्वसनीय छुटहरू, अतिरिक्त भुक्तानी लाभहरू, निःशुल्क डेलिभरी तथा रोमाञ्चक पुरस्कारहरूसहित, दराज ६.६ मिड इयर शपिङ फेस्ट यस सिजनको सबैभन्दा ठूलो किनमेल अभियानमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad