कारोबार


एलजी इलेक्ट्रोनिक्सको विश्वकपलक्षित अभियान

एलजी इलेक्ट्रोनिक्सको विश्वकपलक्षित अभियान

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १९:१७, काठमाडौँ

एलजी इलेक्ट्रोनिक्स नेपालले फुटबलप्रेमी दर्शकहरूलाई लक्षित गर्दै गेम अन विथ एलजी एआई टिभी अभियान सार्वजनिक गरेको छ। 

अभियानमार्फत फुटबलका हरेक खेललाई उत्कृष्ट दृश्य गुणस्तर, जीवन्त ध्वनि तथा एलजीको अत्याधुनिक एआई प्रविधिको साथ अझ रोमाञ्चक र वास्तविक रूपमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।

विश्वप्रसिद्ध एलजी ओलेड डिस्प्ले प्रविधिद्वारा सञ्चालित यी टेलिभिजनहरू हरेक गोल, उत्कृष्ट बचाउ र उत्सवका क्षणलाई जीवन्त बनाउँदै दर्शकलाई मैदानकै नजिक रहेको अनुभूति दिलाउन डिजाइन गरिएको छ।

अभियानलाई अझ आकर्षक बनाउन एलजीले चयनित टिभी मोडलहरूमा ४ वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ, जसअन्तर्गत ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र १ वर्षको अतिरिक्त विस्तारित वारेन्टी समावेश रहेको छ।

ग्राहकलाई टिभी खरिद अझ सहज बनाउन एलजी इलेक्ट्रोनिक्स नेपालले चयनित मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नो-कस्ट ईएमआई, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन तथा प्राथमिकता प्राप्त इन्स्टलेसन सेवा समेत उपलब्ध गराएको छ। 

यो विशेष अफर २०८३ जेठ २१ गते (जुन ४, २०२६) देखि साउन ४ गते (जुलाई १९, २०२६) सम्म नेपालभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad