ad ad

कारोबार


नेपालको हवाइ क्षेत्रबारे अडिट गर्न ईयूको टोली आउँदै

नेपालको हवाइ क्षेत्रबारे अडिट गर्न ईयूको टोली आउँदै

नेपालखबर
साउन १५, २०७९ आइतबार १५:९, काठमाडौँ

नेपालको हवाइ क्षेत्रलाई निरन्तर कालोसूचीमा राखेको युरोपेली संघ (ईयू)ले नेपाललाई कालोसूचीबाट हटाउने संकेत गरेको छ। 

यसका लागि नेपाली हवाइ क्षेत्रको अन साइट अडिट गर्न टोली पठाउने भएको हो। 

ईयूले गत शुक्रबार नेपाललाई अडिट टोली आउने जानकारी पत्रमार्फत दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिएका हुन्। 

अन्तर्राष्ट्रिय हवाइ उड्डयन संगठन (आईकाओ)ले नेपालको हवाइ क्षेत्र सुरक्षित रहेको बताइसके पनि ईयूले कालोसूचीबाट नेपाललाई हटाएको छैन।  

नेपाल नागरिक उड्डयन प्राधिकरणले पटक–पटक नेपाललाई कालोसूचीबाट हटाउन ईयूसामु माग गर्दै आएको छ। 

मन्त्री श्रेष्ठले आइतबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा भने, ‘शुक्रबार ईयूले पत्रमार्फत हामी आउँदै छौँ भनेको छ। त्यसपछि कालोसूचीबाट हट्ने नहट्ने थाहा हुन्छ।’ 

उनका अनुसार ईयूको टोली अन साइट अडिटका लागि नेपाल आउनलागेको हो। त्यसपछि नेपाल कालोसूचीबाट हट्ने मन्त्री श्रेष्ठले बताए। 

ईयूले सहकार्य गर्न चाहेको बताउँदै उनले त्यसकै लागि अन साइट अडिट गर्न टोली आउनलागेको उनको भनाइ थियो। उनले ईयूले नेपाललाई किन कालोसूचीमा राख्यो भन्ने जान्नुपर्नेमा जोड दिए।  

ईयूको कालोसूचीमा भएकाले नेपाली जहाजले ईयूको आकाश प्रयोग गर्न पाएको छैन। नेपालका जहाजहरुले ईयूबाहेक अन्य देशहरुमा भने उडान गर्दै आएका छन्। नेपालबाट मुख्यगरी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .