राजनीति


महासचिव बनाउँदा ‘सरप्राइज’ देलान् प्रचण्डले?

वर्षमान र जनार्दनको विकल्पमा तेस्रो पात्र खोजिँदै
महासचिव बनाउँदा ‘सरप्राइज’ देलान् प्रचण्डले?

फाइल तस्बिर


रुपक चौलागाईं
साउन १५ , काठमाडौँ

जनार्दन शर्मा फेरि अर्थमन्त्रालयमा फर्किएसँगै नेकपा माओवादी केन्द्रमा महासचिवको चर्चा सुरु भएको छ।

महासचिवका दाबेदारमध्ये एक जनार्दनले आइतवार अर्थमन्त्रीको शपथ लिन लागेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य पात्रबारे छलफल थालेका छन्। 

माओवादीको पुसमा भएको आठौं महाधिवेशनदेखि महासचिवको चर्चामा थिए जनार्दन र वर्षमान पुन। 

तर, प्रचण्डले अब यी दुवै नेतालाई नदिएर महासचिवका लागि तेस्रो पात्र खोज्न थालेका छन्। 

जनार्दन र वर्षमानसँगै महासचिवमा पम्फा भुसाल, शक्ति बस्नेत र देव गुरुङको नाम पनि अहिले चर्चामा छ।

यीमध्ये महासचिवको पात्र एकिन गर्न नसक्दा प्रचण्डले अहिलेसम्म पदाधिकारीको टुंगो लगाउन सकेका छैनन्।

गत १८, १९ र २३ असारमा बसेको केन्द्रीय कमिटी बैठकले पोलिटब्यूरोसहित पदाधिकारीसमेत टुंग्याउने अपेक्षा धेरैको थियो। 

तर, ‘सबैको अनुहार उज्यालो’ बनाउनेगरी पदाधिकारीको नाम ल्याउने भन्दै प्रचण्डले दुई/चार दिनको समय माग गरेका थिए। 

केन्द्रीय कमिटी बैठकपछि सेलाएको पदाधिकारी चयनबारेको चर्चा आइतबार शर्मालाई अर्थमन्त्रीमै फर्काउने निर्णयपछि सुरु भएको छ। 

कतिपयले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गराएर पुनलाई महासचिव बनाउन लागेको चर्चा गरेका छन्।

तर, शर्मा र पुन दुवैलाई महासचिवको दौडबाट हटाएर चर्चामा नभएका नामबाट महासचिव छान्ने तयारीमा प्रचण्ड रहेको उनीनिकट नेताहरु बताउँछन्। 

‘यसपटक अध्यक्षले महासचिव चयन गर्दा ‘सरप्राइज’ दिनेगरी तयारी बढाउनुभएको छ,’ माओवादीका एक नेता भन्छन्। 

केही दिनअघि नेपालखबरसँगको अनौपचारिक कुराकानीका क्रममा माओवादीकै अर्का एक स्थायी कमिटी सदस्यले प्रचण्डले ‘आँट’ नगरी पदाधिकारी चयन नटुंगिने बताएका थिए। 

महासचिवसहितका पदाधिकारीबारे चर्चा हुने भनिएको आइतबारको स्थायी कमिटी बैठक पनि अन्तिम समयमा स्थगित भएको छ। 

अर्को बैठकबारे कुनै जानकारी दिइएको छैन्। ‘बैठक किन एक्कासी स्थगित भयो थाहा छैन्,’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालखबरसँग भने, ‘हामीलाई स्थगित भएको म्यासेजमात्रै आएको छ।’

बजेट निर्माणका क्रममा विचौलिया प्रयोग गरेको आरोपले विवादको घेरामा परेका अर्थमन्त्री शर्मालाई संसदीय समितिले सफाइ दिइसकेको छ।

यस्तोमा फेरि उनैलाई फिर्ता बोलाउनु र आइतवारै डाकिएको बैठक अन्तिम समयमा स्थगित गर्नुले प्रचण्ड अब पदाधिकारी पनि टुंग्याउनेगरी तयारीमा लागेको संकेत मिलेको छ।

अर्थमन्त्रीको सपथ र निर्वाचनको मिति घोषणासँगै पार्टी पदाधिकारीको लफडा पनि मिलाउने प्रचण्डको चाहना भएको सचिवालयका एक सदस्यले बताएका छन्। 

उनले आइतबार (१५ साउन) बिहान खुमलटारमा भेला भएका स्थायी कमिटी नेताहरुलाई पनि एक दुई दिनमै पदाधिकारी टुंग्याउने आश्वासन दिएका थिए।

साउन १५, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad