नेपाल र बंगलादेशले संयुक्त राष्ट्रसंघसँग अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिका लागि थप तयारी अवधि माग गरेका छन्।
आगामी नोभेम्बरमा स्तरोन्नति हुने तय भए पनि तयारी नपुगेको भन्दै दुवै देशले अनुरोध गरेका हुन्।
सोही सन्दर्भमा दुवै देशको स्तरोन्नतिसम्बन्धी तयारी तथा आगामी कार्यदिशाबारे दुई देशका प्रतिनिधिमण्डलबीच छलफल गर्न भर्चुअल बैठक समेत बसेको छ।
सो बैठकमा नेपालबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र बंगलादेशका तर्फबाट वाणिज्यमन्त्री खान्दाकर अब्दुल मुक्तादिरको समेत उपस्थिति थियो।
21
Shares

प्रतिक्रिया