कारोबार


बुटवलमा सञ्चालनमा आयो सीजी डिजिटलको २८औँ शोरुम

२५ प्रतिशतसम्मको छुट र आकर्षक उपहारको घोषणा
बुटवलमा सञ्चालनमा आयो सीजी डिजिटलको २८औँ शोरुम

नेपालखबर
माघ ६, २०८२ मंगलबार १३:१७, बुटवल

इलेक्ट्रोनिक्स रिटेल चेन सीजी डिजिटलले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड) मा आफ्नो २८औँ अत्याधुनिक शोरुम खोलेको छ। 

सोनाम लोसारको अवसरमा सञ्चालनमा ल्याइएको शोरुमको एक विशेष समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थी तथा कम्पनीका महाप्रबन्धक बसन्त पालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

नयाँ शोरुममा ग्राहकहरूले विश्वस्तरीय र भरपर्दो ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरू एकै छानामुनि पाउने कम्पनीले जनाएको छ। यहाँ एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, बेको, माइडिया, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक एन्ड डेकर, क्रम्प्टन, बर्लीजस्ता प्रसिद्ध ब्राण्डका घरायसी उपकरणहरू उपलब्ध छन्। 

साथै, ग्याजेट प्रेमीहरूका लागि आईफोन, नथिङ, सीएमएफ, मोटोरोला र एआई प्लसका पछिल्ला उत्पादनहरू समेत प्रदर्शनमा राखिएका छन्।

कम्पनीका अनुसार शोरुममा ग्राहक केन्द्रित विशेष सेवा तथा सुविधाहरू उपलब्ध रहेका छन्। सीजी डिजिटलले बुटवलबासी ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै नि:शुल्क डेलिभरी र जडान, शून्य प्रतिशत ब्याजमा ईएमआई, एक्सचेन्ज सुविधा, लोयल्टी प्रोग्राम र नि:शुल्क प्रिभेन्टिभ मेन्टेनेन्स गराउने जनाएको छ। 

शोरुममा उद्घाटन विशेष अफरअन्तर्गत २५ प्रतिशतसम्मको नगद छुट र निश्चित उपहार उपलब्ध गराइएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको व्यवसायिक केन्द्रमा सी.जी. डिजिटलको उपस्थितिले उपभोक्तालाई गुणस्तरीय विकल्प प्रदान गर्ने र यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad