नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर र बहराइन दिनारको विनियमयदर स्थिर हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही मुद्राको भाउ बढेको छ। तर, बहराइन दिनारसहित कतिपय मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ।
विगत केही दिनदेखि निरन्तर बढ्दै आएका सबैजसो विदेशी मुद्राको मूल्य शनिबार घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५३ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ३६ र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ १७ र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ९८ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ७४ र बिक्रीदर ४०९ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ८५ र बिक्रीदर ४०९ रुपैयाँ ४४ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Shares

प्रतिक्रिया