प्रधानमन्त्री बालेन्द्र शाहले धितोपत्र र बीमा क्षेत्रका पदाधिकारीहरुसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार, शाहले सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धितोपत्र र बीमा क्षेत्रका पदाधिकारीलाई बोलाएका छन्।
उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठलाई छलफलमा बोलाइएको प्रधानन्त्रीको सचिवालयले बताएको छ।
त्यसैगरी छलफलमा प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेललाई पनि बोलाइएको छ।
Shares

प्रतिक्रिया