आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपलब्ध गराउने भएको छ।
पहिलो चरणमा भारतले ६१ वटा गाडी उपलब्ध गराउन लागेको गृह मन्त्रालयले जानकारी दिएको हो।
दिउँसो ३ बजे भारतीय दूतावासले नेपाल सरकारलाई उक्त गाडी हस्तान्तरण गर्ने कार्यक्रम छ। भारतले महिन्द्रा एन्ड महिन्द्रा ब्राण्डको स्कोर्पियो र बोलेरो डबल क्याबिन पिक भ्यान उपलब्ध गराउनेछ।
अर्थ मन्त्रालयलले १०६ वटा गाडीका लागि करछुटको सहमति प्रदान गरेको थियो।
सरकारले निर्वाचन प्रयोजनका लागि भारतसँग ३८८ वटा गाडी माग गरेको थियो। जसमा ४५ वटा स्कोर्पियो र ६१ वटा बोलेरो डबल क्याबिन पिक भ्यान रहेको छ। उक्त गाडी नेपालमा ल्याउन आवश्यक पर्ने करछुटका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ।
भारतले महिन्द्रा एन्ड महिन्द्रा ब्राण्डको गाडी निर्वाचन प्रयोजनका लागि उपलब्ध गराएको भारतीय दूतावासले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया