कारोबार


अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बजेट कार्यान्वयनबारे छलफल

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बजेट कार्यान्वयनबारे छलफल

नेपालखबर
साउन ४, २०८३ सोमबार १२:४३, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गर्नुभएको छ। 

अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक जारी छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad