कारोबार


आईएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा सञ्चालनमा आयो काठमाडौं टेक्निकल स्कुल

वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य
आईएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा सञ्चालनमा आयो काठमाडौं टेक्निकल स्कुल

नेपालखबर
चैत १२, २०८१ मंगलबार १७:१९, काठमाडौँ

आईएमई ग्रुप र आईएक्सआई कर्पले काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन्। रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न स्कुल सञ्चालनमा ल्याएको आईएमई ग्रुपले जनाएको छ। 

मंगलबार काठमाडौँको धुम्वाराहीस्थित काठमाडौं टेक्निकल स्कुलको प्राङ्गणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले स्कुलको शुभारम्भ गरेका हुन्।

यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ। 

स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ। 

आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ।

आईएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ। 

आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad