कारोबार


आर्थिक अभावले रोकिँदैन पढाइ, १९१ छात्राको अभिभावक बन्यो ग्लोबल आईएमई बैंक

आर्थिक अभावले रोकिँदैन पढाइ, १९१ छात्राको अभिभावक बन्यो ग्लोबल आईएमई बैंक

नेपालखबर
असार २४, २०८३ बुधबार १५:२०, काठमाडौँ

  • ग्लोबल आईएमई बैंकको छात्रवृत्ति कार्यक्रममार्फत हाल देशभरका १९१ छात्राले निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन्।
  • आर्थिक अभावका कारण विद्यालय छाड्ने (ड्रपआउट) दर घटाउने उद्देश्यले पाँच वर्षदेखि ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सञ्चालन हुँदै आएको छ।
  • कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई वार्षिक १२ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ।
  • छात्रवृत्तिसँगै बैंकले सातै प्रदेशका विद्यालयमा पुस्तकालय, स्मार्ट बोर्ड, ई–लाइब्रेरी स्थापना तथा ३५ भन्दा बढी सामुदायिक विद्यालयका २,००० भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ।
  • शिक्षामा समान पहुँच, छात्रा सशक्तीकरण र दिगो सामाजिक विकासलाई प्राथमिकता दिँदै ग्लोबल आइएमई बैंकले शिक्षा क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व लाई निरन्तर विस्तार गरिरहेको छ।

नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकका रूपमा परिभाषित गरेको छ। संविधानको धारा ३१ को ‘शिक्षासम्बन्धी हक’मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक छ।

आर्थिक रूपमा विपन्न तथा पिछडिएका वर्गलाई कानुनबमोजिम उच्च शिक्षामा पहुँच सुनिश्चित गर्ने व्यवस्था छ। तर गरिबी, न्यून आयस्तरका कारण विकट भूगोल र सीमान्तकृत समुदायका ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिरै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार ५ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका विद्यालयबाहिर छन्। विद्यालयको पहुँचबाहिर रहेका ७ लाख ७० हजार बालबालिकामध्ये ३ लाख ५० हजारभन्दा बढी विद्यालय भर्ना नै भएका छैनन्। बाँकी ३ लाख ५० हजारले बीचैमा कक्षा छाडेका छन्। 

अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले २०८५ को वैशाखसम्म कक्षा ८ पूरा नगरेको व्यक्ति सरकारी, गैरसरकारी र निजी क्षेत्रका निकायमा निर्वाचित, नियुक्त र मनोनीत हुन रोक लगाएको छ। ती निकायमा रोजगारी प्राप्त गर्न, पदाधिकारी वा सदस्य बन्न पनि अयोग्य हुने ऐनको दफा १९ मा उल्लेख छ।

तथ्याङ्क कार्यालयका अनुसार पाँच वर्षको उमेरपछि विद्यालय जाने दर उच्च भए पनि माध्यमिक तहपछि विद्यालयमा उपस्थिति दर तीव्र रूपमा घटेको छ। १५ देखि १९ वर्ष उमेर समूहका प्रत्येक ४ मध्ये १ जना विद्यालयभन्दा बाहिर छन्। यो दर छात्राहरूमा बढी छ।

छात्राहरूले  विभिन्न कारणले बीचैमा पढाइ छाड्ने गरेको पाइएको छ। आर्थिक सर्वेक्षण २०८२ अनुसार (कक्षा १–८) को खुद भर्नादर ९७.८ प्रतिशत पुगेको छ। तर माध्यमिक तह कक्षा (देखि १२) मा यो दर उल्लेख्य रूपमा घटेर ३५.४ प्रतिशत मात्र रहेको देखाएको छ। यो संख्या छात्रहरूको तुलनामा छात्राहरूको कम छ। 

विद्यालयमा छात्राहरूको सहभागिता बढाउन ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएको छ। बैंकले ५ वर्षदेखि ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।  यसबाट देशभरका १९१ जना छात्राले पूर्ण रूपमा निःशुल्क शिक्षा पाइरहेका छन्। 

विशेष गरी आर्थिक विपन्नता र अन्य विविध कारणले छात्राहरूले बीचैमा विद्यालय छाड्ने (ड्रपआउट) दरलाई कम गर्ने मुख्य उद्देश्य राखेर बैंकले छात्रवृत्ति प्रदान गरिरहेको जनाएको छ। यस कार्यक्रमअन्तर्गत बैंकले कक्षा ६ देखि कक्षा १३ सम्म अध्ययनरत छात्राहरूलाई वार्षिक १२ हजारको दरले शैक्षिक खर्च प्रदान गर्दै आएको छ।

१९१ छात्रालाई छात्रवृत्ति 
५ वर्षअघि सुरु भएको ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रमबाट हाल सातै प्रदेशका १९१ जना छात्रालाई निःशुल्क पढाइरहेको छ। एक प्रदेशका ५ विद्यार्थीबाट सुरु भएको छात्रवृत्ति कार्यक्रम विस्तार हुँदै गएको छ। हाल कक्षा ६ का ७७ जना छात्राहरू छन् भने कक्षा ७ कक्षाका ३३, ८ कक्षाका ३२, कक्षा ९ का २८ जना र कक्षा १० मा २१ जना छात्राहरू निःशुल्क पढिरहेका छन्। 

छात्रवृत्ति पाउनेमा कोशी प्रदेशका ३० जना विद्यार्थी छन् भने मधेशका २३, बागमतीको २९, गण्डकीको २९, लुम्बिनीका ३२ जना छात्राहरू छन्। यस्तै सुदूरपश्चिम प्रदेशका २३ र कर्णाली प्रदेशका २५ जना छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। 

आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान नपाएका छात्राहरूलाई केन्द्रित गरेर छात्रवृत्ति दिने गरेको बैंकले जनाएको छ। 

विद्यालय छोड्ने संख्या छात्राहरूमा बढी रहेको पाइएका कारण छात्राहरू केन्द्रित छात्रवृत्ति सुरु गरेको बैंकले जनाएको छ। 

यस्तै छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको बैंकले समता विद्यालयमा सातै प्रदेशका विद्यालयहरूमा पुस्तकालय निर्माण सुरु गरेको छ। 

यस्तै देशका विभिन्न विद्यालयको गुणस्तरिय वातावरण बनाउन बैंकले ‘स्मार्ट बोर्ड’ ‘इ लाइबे्ररी’ बनाउने काम पनि गरिरहेको छ। देशभरका ३५ भन्दा बढी सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत २००० भन्दा बढी विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad