राजनीति


कार्यालय समय सकियो, कुलमानले पाएनन् पत्र

कार्यालय समय सकियो, कुलमानले पाएनन् पत्र

कुलमान घिसिङ


नेपालखबर
चैत १२, २०८१ मंगलबार १७:२१, काठमाडौँ

मंगलबारको कार्यालय समय सकिँदा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पदमुक्त भएको पत्र पाएका छैनन्। सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। 

बर्खास्त गरेको सूचना पाएका घिसिङ आज कार्यालय नै गएनन्। उनी दिनभर कानुन व्यवयासीसँग परामर्शमा थिए। 

सरकारले बर्खास्त गरेको पत्र प्राप्त भएलगत्तै उनी अदालत जाने तयारीमा छन्। आज दिनभर कुलमानले त्यसैको तयारी गरिरहेको उनीनिकटले बताएका छन्। 

कुलमानलाई ऊर्जा मन्त्री दीपक खड्काको जोडबलमा हटाइएको हो।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad