कारोबार


वैदेशिक रोजगारीले देशको गरिबी घटाउन ३० प्रतिशत योगदान दिएको छ : मन्त्री भण्डारी

वैदेशिक रोजगारीले देशको गरिबी घटाउन ३० प्रतिशत योगदान दिएको छ : मन्त्री भण्डारी

नेपालखबर
चैत १२, २०८१ मंगलबार १६:५७, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन्।

मंगलबार काठमाडौँ टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताएका हुन्। 

उनले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यसपछाडिको यथार्थलाई सुक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको बताए। मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ। 

उनले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु जस्तै फर्किेनेहरु समेत रहेको बताए। उनले मलेसिया, जापान र कोरिया लगायतका देशमा जानेहरु उतै पलायन हुने अवस्था नरेहको समेत बताए।

उनले भने, ‘७० लाख मान्छे वैदिशक रोजगारमा गएका छन्। ति मान्छेहरु कहाँ गए? फर्केर आइरहेका छन् कि छैनन्? वैदेशिक रोजगारीमा गएका ४२ लाख नेपाली नागरिकहरु फर्किएर नेपालमा आएका छन् भन्ने तथ्यांक मैले प्राप्त गरेको छु। यसले के देखाउँछ भने आउने जाने क्रम त भइरहेको छ। मलेसिया, जापान तथा कोरियामा जाने ९० प्रतिशत नागरिक रहेका छन्। त्यहाँ पलायन हुने अवस्था छैन। निश्चित समयपछि नेपाल फर्केर आउनैपर्छ। त्यसले मुलुकमा गरिबी घटाउनको लागि ३० प्रतिशत मद्दत गर्‍यो भन्ने कुरा आइरहेको छ।’

 वैदेशिक रोजगारीमा जाने नियमित प्रक्रिया भएपनि सिपयुक्त जनशक्ति पठाउने कुरामा सरकारको ध्यान जानुपर्ने उनको तर्क छ। उनले अबको दश वर्षमा दशलाख सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको समेत बताए। 

वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र ल्याएको पुँजीलाई मुलुकको विकासमा योगदान गर्न लगाउनु सरकारको प्राथमिकता रहेको बताए।

उनले भने, ‘अब हामीले १० वर्षमा दश लाख जनशक्ति उत्पादन गर्ने मात्र होइन। यो दश वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकहरुले सिकेका सीप र पूँजीलाई मुलुकको योगदानमा कसरि लगाउने भन्नेकुरा सबैभन्दा प्राथमिकतामा रहेको छ। सीपयुक्त नागरिक जाँदै गर्छन्। तर फर्किएर आएका मानिसहरूलाई फेरि नफर्किने वातावरण तयार गर्न दश वर्ष हामीले लिन खोजिरहेका छौँ।’

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरुलाई फेरि वैदेशिक रोजगारमा नफर्किने वातावरण तयार गर्न सरकार क्रियाशील रहेको मन्त्री भण्डारीको भनाइ छ। —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad