कारोबार


दर घटेसँगै वाणिज्य बैंकहरूले घटाउन थाले राष्ट्र बैंकमा राख्ने निक्षेप

दर घटेसँगै वाणिज्य बैंकहरूले घटाउन थाले राष्ट्र बैंकमा राख्ने निक्षेप

नेपालखबर
भदौ ११, २०८२ बुधबार १३:२, काठमाडौँ

निक्षेप दर घटेसँगै वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेपलाई घटाएका छन्।

बैंकहरूमा अधिक तरलताको अवस्था कायमै रहेपछि राष्ट्र बैंकले साउनमा भदौयताको ११ दिनमा ४ पटक निक्षेप संकलन गरिसकेको छ।

३१ दिने, २५ दिने र २१ दिने निक्षेप संकलन गर्दै आए पनि वाणिज्य बैंकहरूले रकम घटाएर राख्न थालेका हुन्।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै राष्ट्र बैंकले नयाँ व्यवस्थाले यस्तो निक्षेपको दर ०.२५ प्रतिशतसम्मले घट्न पुगेको थियो। ३ प्रतिशतदेखि २.९९ प्रतिशतमा निक्षेप राख्दै आएका वाणिज्य बैंकहरूले साउन लागेयता २.७४ प्रतिशतमै राख्दै आएका छन्। 

भदौ १ गते ६० अर्ब माग गरेकोमा ६४ अर्बका लागि बोलकबोल गरे पनि त्यसपछिका दिनहरुमा भने माग गरेभन्दा न्यून रकम मात्रै बोलकबोलमा परेको छ। 

गत भदौ ४ गते ३० अर्ब माग गरेकोमा वाणिज्य बैंकहरूले ८ अर्ब मात्रै बोलकबोलमा राखेका थिए भनेलगत्तै ८ गतेको निक्षेप संकलनमा ५० अर्ब माग गर्दा बैंकहरूले २१ अर्ब ६५ करोड मात्रै बोलकबोलमा राखेका हुन्।

माग गरेभन्दा न्यून परे पनि वाणिज्य बैंकहरूमा तरलता अझै अधिक छ। यसकारण राष्ट्र बैंकले अवधि घटाएरै भए पनि निक्षेप संकलन गरिरहेको छ। बुधबार पनि राष्ट्र बैंकले २५ दिनका लागि बैंक तथा वित्तीय संस्थाबाट ४५ अर्ब प्रशोचन गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad