वाणिज्य बैंकहरुमा निक्षेप संकलनमा केही सुधार देखिएको छ।
चालू आर्थिक वर्षको सुरुमै निक्षेप संकलनमा कमी आएपछि भदौ महिनामा भने सुधार भएको देखिएको हो।
भदौ महिनाभरिमा वाणिज्य बैंकहरुले ५२ अर्ब रुपैयाँ निक्षेप थप गरेका हुन्।
वाणिज्य बैंकहरुको सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरणअनुसार भदौ महिना मसान्तसम्म कुल ४४ खर्ब ८६ करोड रुपैयाँ संकलन भएको छ।
गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन थियो।
भदौ महिनामा वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका देखिएको छ। संघको तथ्याङ्कअनुसार साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७७ करोड रुपैयाँ थियो।
भदौ ३१ गते ४१ खर्ब ९० अर्ब रुपोयँ पुगेको हो।
असोज ४, २०७९, मंगलबार
प्रतिक्रिया