डेल्टा अटोकर्प प्रा. लि., नेपालका लागि भेस्पा स्कुटरको अधिकारिक बिक्रेताले भेस्पाका नयाँ बीएस६ ओबीडी२ स्टेज बी इन्जिनसहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
नयाँ लाइनअप वातावरण मैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ।
नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू समावेश छन्। भेस्पा जेटएक्स १२५ तीन लाख ४९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसले क्लासिक डिजाइन र आधुनिक आकर्षणलाई संयोजन गरेको छ र पर्ल ह्वाइट, रेड ड्रागन, नेरो ब्ल्याक र अज्जुरो प्रोवेन्जा जस्ता रंगमा प्रस्तुत गरिएको छ।
भेस्पा १२५ को मूल्य तीन लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ। ग्लोसी ग्रीन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक, पर्ल ह्वाइ रंगमा उपलब्ध हुनेछ। त्यस्तै, भेस्पा एस१२५ चार लाख नौ हजार रुपैयाँमा प्रस्तुत गरिएको छ। जसले स्पोर्टी र स्टाइलिस लुक प्रस्तुत गर्छ र पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभ ग्रीन, जियालो येलो, ग्लोसी ओरेंज रंगमा पाइनेछ।
इटालियन परम्परा र सांस्कृतिक सौन्दर्यको प्रतीक भेस्पा, विश्वभर आकर्षक डिजाइन, जीवन्त रङ र सशक्त प्रदर्शनका लागि परिचित छ। नयाँ पुस्ताको भेस्पाले यी विशेषताहरूलाई अब पर्यावरण मैत्री र उन्नत इन्धन कार्यक्षमतासँग समेट्दै, जिम्मेवार र स्टाइलिस रोजाइको नयाँ उदाहरण प्रस्तुत गरेको छ।
डेल्टा अटोकर्प प्रा. लि. का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भेस्पा केवल स्कुटर मात्र नभई यो एक देशको ऐतिहासिक, सांस्कृतिक पहिचान र सदावहार आकर्षणको प्रतीक भएको बताए।
‘नयाँ मोडलहरूको यो सिरिजमार्फत्, हामी भेस्पाको शैली, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै छौँ’, उनले भने, ‘यसका साथै, नेपालमा भेस्पालाई एक लाइफस्टाइल ब्रान्डका रूपमा अझ मजबुत रूपमा स्थापित गर्ने हाम्रो उद्देश्यलाई अघि बढाएका छौँ।’
नवीन मोडेलहरूको यस लन्चमार्फत भेस्पाले इटालियन सौन्दर्य, अत्याधुनिक प्रविधि र लक्जरी अनुभवको अद्वितीय संयोजन प्रस्तुत गर्दै, नयाँ पुस्ताका राइडरहरूलाई आकर्षित गर्ने आफ्नो यात्रालाई थप अगाडि बढाएको छ। इटालियन डिजाइन, अत्याधुनिक प्रविधि र लक्जरी मोबिलिटी अनुभवको मिश्रणका साथ नयाँ भेस्पा स्कुटरहरू अब नेपालभर उपलब्ध हुनेछ।
Shares

प्रतिक्रिया