कारोबार


४ महिनापछि रारा विमानस्थलमा पुग्यो विमान

४ महिनापछि रारा विमानस्थलमा पुग्यो विमान

नेपालखबर
असोज ६, २०८२ सोमबार १४:३४, मुगु

मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले उडान भरेको छ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सकाे विमान आज चार महिनापछि रारा विमानस्थलमा अवतरण भएकाे छ। यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान हुँदै आएकाे थियो।

नियमित उडान हुँदा मुगालीहरुले राहत महसुस गरेका थिए। तर चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठूलो ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए।

आजदेखि नेपाल एयरलाइन्सले रारा विमानस्थलमा पुनः उडान सुरु भएको नेपाल एयरलाइन्स रारा विमानस्थल कक्षका प्रमुख नवीनकुमार विष्टले जानकारी दिनुभयो।   

नेपालगञ्ज उपचारका लागि जान लागेकी यात्रु सुमित्रा रावललेनियमित उडान गरिदिए दुर्गमका जनताले राहत पाउने बताइन्।

विविध कारणले नियमित उडान नभए पनि अब नियमित उडानका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रमुख विष्टले बताए। रारा विमानस्थलमा समिट एयर, तारा एयर, सीता एयर र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad