ad ad

कारोबार


बजेटको मुखैमा ७ दिनमै उत्तरी नाकाबाट भित्रिए १ हजार बढी विद्युतीय गाडी

बजेटको मुखैमा ७ दिनमै उत्तरी नाकाबाट भित्रिए १ हजार बढी विद्युतीय गाडी

भन्सार यार्डमा ईभी (फाइल तस्बिर)


नेपालखबर
जेठ ९, २०८१ बुधबार १९:३९, काठमाडौँ

जेठ पहिलो हप्ता मात्रै उत्तरी नाकाबाट १ हजार बढी विद्युतीय गाडी भित्रिएका छन्। 

जेठ १५ मा आउने बजेटसँगै कर बढ्ने डरले व्यवसायीले पहिलो हप्ता नै एक हजार गाडी छुटाएका हुन्। 

गत वैशाख महिनाभरि उत्तरका २ वटा नाकाबाट १ हजार गाडी भित्रिएका थिए। तर जेठ लागेपछि ७ दिनमै वैशाखमा भन्दा बढी गाडी आयात भएका छन्। चिनियाँ ब्रान्डका सबै गाडी उत्तरी नाका रसुवागढी र तातोपानीबाट आउँछन्। 

जेठ ७ गतेसम्म रसुवा भन्सार कार्यालयबाट ४८८ वटा गाडी छुटेका छन्। जसमा बीवाईडीका अट्टो थ्रि ३३६ भित्रिँदा विद्युतीय माइक्रो ९४ वटा भित्रिएका छन्। सामान्य अवस्थामा बढी गाडी रसुवा भन्सार कार्यालयबाट भित्रिन्छन्। 

जेठ १ देखि ७ गतेसम्म रसुवाको तुलनामा तातोपानी नाकाबाट बढी भित्रिएको देखिन्छ। तातोपानीबाट ७ दिनमै निजी प्यासेन्जर गाडी ५१२ वटा भित्रिएका छन्। यसरी आउनेमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी छन्। त्यसबाहेक विद्युतीय माइक्रो २१ वटा भित्रिएका छन्।  

व्यवसायीले जेठ १५ गते आउने आगामी वर्षको अर्थिक विधेयकमा कर बढ्ने आकलनमा धमाधम गाडी छुटाएका छन्। चालू आर्थिक वर्षमा सबैभन्दा बढी वैशाखमा १४ सय ४ वटा भित्रिएका थिए। 

व्यवसायीले जेठ १५ मा सरकारले कर बढाए बढी फाइदा हुने सोचमा धेरै गाडी छुटाएका हुन्। भन्सारका अधिकारीहरुका अनुसार उत्तरीसँगै दक्षिणी नाकाबाट समेत विद्युतीय गाडी छुटेका छन्। 

लगातार गाडी छुटाए हालसम्मकै बढी गाडी जेठमा भित्रिने भन्सारका कर्मचारीको आकलन छ। यता बजेटपछि गाडी महंगो हुने डरले सामान्य अवस्थाभन्दा अहिले खरिदकर्ता बढी रहेको व्यवसायी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .