कारोबार


नेपालगन्ज उपमहानगरपालिकाको बजेट एक अर्ब ७६ करोड

नेपालगन्ज उपमहानगरपालिकाको बजेट एक अर्ब ७६ करोड

नेपालखबर
असार २८, २०८३ आइतबार १५:२२, नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ।

नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागेश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा  प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। 

नेपालगञ्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने भएको छ। नगरको दिगो विकास, राजस्व आय वृद्धि, सेवा प्रवाहमा सुधार, ताल र उद्यान संरक्षण एवं हरियाली प्रवर्द्धन तथा सञ्चालन हुने परियोजनाको प्रभावकारी अनुगमनलाई बजेटले प्राथमिकता दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad