कारोबार


विद्युत् प्राधिकरण कर्णालीलाई यान्त्रिक क्रेन दिइने

विद्युत् प्राधिकरण कर्णालीलाई यान्त्रिक क्रेन दिइने

नेपालखबर
असार २८, २०८३ आइतबार २०:४, काठमाडौँ

यान्त्रिक क्रेन अभावका कारण कर्णाली प्रदेशमा विद्युत् मर्मत काममा भइरहेको समस्या समाधान हुने भएको छ।

कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक-पटक विद्युत् अवरोध हुने समस्या बढ्दो छ। त्यसको मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभाव भइरहेको भन्दै नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुखले समेत ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए।

उक्त समस्यालाई सम्बोधन गर्न मन्त्रालयले आवश्यक प्रक्रिया र सर्भिसिङ पूरा भएपछि प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कसपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराउने निर्णय गरेको छ।

यान्त्रिक क्रेन उपलब्ध हुने भएपछि सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता हट्ने र विद्युत् मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad