हिमालय एयरलाइन्सले चीनबाट भेरोसेल खोप निःशुल्क ढुवानी गर्दै छ।
कम्पनीलो आफ्नो सामाजिक उत्तरदयित्वको प्रतिबद्धताअनुरुप दुई लाख डोज खोप निःशुल्क ल्याउनलागेको हो।
चीनको स्वशासित क्षेत्र तिब्बत सरकारद्वारा नेपाललाई अनुदान सहयोगस्वरुप प्राप्त खोप जेठ १८ र १९ मा आउँदै छ।
चीन सरकारले दिने १० लाख खोपमध्ये २ लाख हिमालय एयरलाइन्सले ल्याउँदै छ। बाँकी ८ लाख बेइजिङबाट नेपाल एयरलाइन्सले मंगलबार दिउँसो ल्याइपु¥याउँदै छ।
हिमालय एयरलाइन्सको न्यारोबडी जहाजले तिब्बतको कुनमिङ सहरबाट चार पटकको उडानमा दुई लाख डोज खोप ढुवानी गर्ने जानकारी दिएको छ।
हिमालयका उडानले भेरोसेल खोपका २ लाख डोजका जम्मा ४ सय १७ वटा बाकसहरु निःशुल्क ढुवानी गर्ने जनाएको छ। प्रत्येक उडानमा १०५ वटा बाकस बोक्ने एयरलाइन्सले जनाएको छ।
निःशुल्क उडानहरुमध्येका पहिलो कार्गो दुई उडानबापतको करिब १ लाख खोप मंगलबार बिहानै काठमाडौं आइपुगेको छ। बाँकी एक लाख बुधबार बिहान काठमाडौं आइपुग्ने एयरलाइन्स कम्पनीले जनाएको छ।
हिमालय एयरलाइन्सले खोप ल्याउनको लागि करिब २ करोड २५ लाखबराबरको आर्थिक योगदान गरेको उल्लेख गरेको छ।
‘कोभिड १९ महामारीविरुद्ध लड्न नेपाल सरकार र राष्ट्रलाई सहयोग पु¥याउन हिमालय एयरलाइन्सका लागि ऐतिहासिक क्षण हो’, हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङ्गले भन्छन्, ‘राष्ट्रिय संकटको महत्वपूर्ण समयमा निःशुल्क कार्गो उडानहरु सञ्चाल गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो।’
हिमालय एयरलाइन्ले यात्रुवाहक तथा कार्गो उडान उच्च उडान सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गरिसकेको जनाएको छ।
कम्पनीका उपाध्यक्ष विषय श्रेष्ठले कोभिड–१९ संक्रमणको दोस्रो माहामारीका समयमा हिमालयले राष्ट्रसेवामा पु¥याएको सानो तर महत्वपूर्ण योगदान रहेको बताएका छन््।
महामारी सुरुदेखि हिमालय एयरलाइन्सले कोभिड कोषमा १ करोडसहित विभिन्न हस्पिटलमा पीसीआर परीक्षण गर्ने मेसिन, भेन्टिलेटरलगायतका सामग्री सहयोग गरेको छ।

प्रतिक्रिया