भेनेजुएलामा आजको भूकम्पमा मृत्यु हुने संख्या १६४ पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रड्रिगेजका अनुसार भूकम्पमा परी ९ सय ७१ जना घाइते भएका छन्।
स्थानीय समयअनुसार बुधबार साँझ केही सेकेन्डको फरकमा ७.२ र ७.५ रेक्टर स्केलका भूकम्प गएका थिए।
यसलाई शताब्दीयताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि अग्ला भवनहरु भत्किएका थिए। छिमेकी देशहरुमा समेत भूकम्प महशुस गरिएको थियो।
ला गुएइरा सहरमा भग्नावशेषबाट तीन बालबालिकालाई जीवितै उद्धार गरिएको बताइएको छ। यो सहर काराकासको उत्तरतर्फ छ।
दर्जनौँ भवनहरु भत्किएको कार्यवाहक राष्ट्रपति रड्रिगेजलाई उद्धृत गर्दै एपीले जनाएको छ।
75
Shares

प्रतिक्रिया