इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले सञ्चालन गरेको "क्यान यु सल्भ द पजल " नामक विशेष कन्टेस्टको विजेता घोषणा गरेको छ।
ग्राहकहरूसँगको अन्तर्क्रियालाई अझ प्रगाढ बनाउन र उहाँहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ब्रान्डले यो कन्टेस्ट सञ्चालन गरेको थियो। ग्राहकहरूको उत्साहजनक र व्यापक सहभागिता रहेको यस रोमाञ्चक प्रतियोगितामा नुवाकोट निवासी श्याम रिजाल विजेता बनेका छन्।
विजेता रिजाललाई सानेपास्थित सीजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सीजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले आकर्षक उपहारस्वरूप गर्मी मौसमका लागि अत्यन्तै उपयोगी र उत्कृष्ट 'सीजी ब्रिजर २२ एयर कुलर' हस्तान्तरण गरेका छन्।
यस प्रतियोगितामा ग्राहकहरूबाट प्राप्त अपार सहभागिताले सीजी ब्रान्डप्रतिको माया र विश्वासलाई फेरि एकपटक प्रमाणित गरेको कम्पनीले जनाएको छ। आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै उनीहरूसँग जोडिन र खुसी साट्न यस्तै रोमाञ्चक र आकर्षक प्रतियोगिताहरू ल्याइरहने प्रतिबद्धता सीजी ब्रान्डले जनाएको छ।
सीजीका उत्कृष्ट उपकरणहरू देशभर रहेका २१ वटा आधुनिक 'सीजी डिजिटल शोरुमहरूमा पाइने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया