त्रिभुवन विमानस्थलमा आज ६ वटा कार्गो उडान तालिका छ।
उक्त तालिकाअनुसार हिमालय एयरलाइन्सका ४, सिल्क एयरलाइन्स र एयर अरेबियाका १/१ उडान रहेका छन्।
हिमालय एयरलाइन्सका २ जहाजले चीनबाट कार्गो लिएर बिहानै त्रिभुवन विमानस्थलमा आइपुगेका छन् भने दुई कार्गो उडानका लागि फेरि चीनको कुनमिङ जाँदै छन्।
सिल्क एयरलाइन्सले दिल्लीबाट कार्गो ल्याउँदै छ भने एयर अरेबियाले सारजहाबाट स्वास्थ्य सामग्रीसहितको कार्गो ल्याउँदै छ।
आइतबार त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय ३ उडान भएका थिए। हिमालयका दुई र गल्लिभ एयरको कूटनीतिक उडान भएको त्रिभुवन विमानस्थलले जनाएको छ।

प्रतिक्रिया