कारोबार


साढे ४ अर्ब बढीको सेयर कारोबार

साढे ४ अर्ब बढीको सेयर कारोबार

नेपालखबर
असार २५, २०८३ बिहिबार १५:९, काठमाडौँ

सेयरबजारमा आज साढे ४ अर्ब बढी रुपैयाँको किनबेच भएको छ। 

८७ लाख ५१ हजार कित्ता किनबेचपछि कुल कारोबार रकम ४ अर्ब ६१ करोड पुगेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार ३५ करोडसम्मको अधिकतम कारोबार भएको हो। शीर्ष कारोबारमा ऋणपत्र अघि छन्। 

यस दिन नेप्से भने १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा झरेको छ। बिहीबार ४२ वटा सेयरको मूल्य बढ्दा २२९ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

बिहीबार सबैभन्दा धेरै उपकार लघुवित्तको १२.६८ प्रतिशतले सेयर उकालो लागेको छ। एकै दिन कम्पनीका लगानीकर्ताले ३६० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। आज अधिकतम ८.६६ प्रतिशतसम्मले सेयर घटेका छन्। 

बिहीबार सबै समूह ओरालो लागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad