कारोबार


कोरोना महामारीको मारमा परेका होटल व्यवसायीलाई विद्युत् महशुलमा पूरै छुट!

कोरोना महामारीको मारमा परेका होटल व्यवसायीलाई विद्युत् महशुलमा पूरै छुट!

नेपालखबर
चैत ८, २०७७ आइतबार १२:४२,

सरकारले कोभिड महामारीको मारमा परेका होटल व्यवसायीलाई विद्युत महशुल छुट दिने निर्णय गरेको छ।

सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले लकडाउनको समयकाे पूर्ण महशुल छुट दिएको बताएका हुन्।

सरकारका प्रवक्ता समेत रहेको मन्त्री गुरुङले २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म होटल तथा रेष्टुरेन्टले भुक्तानी गर्नुपर्ने डिमान्ड शुल्क शत प्रतिशत छुट रहेको जानकारी दिएका छन् ।

उनले २०७७ असोज १ देखि २०७७ माघ मसान्तसम्मको ५० प्रतिशत छुट दिने मन्त्रिपरिषदले निर्णय गरेको बताए ।

छुट सुविधाको लागि होटल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका उद्योगमध्ये नियमित रुपमा नवीकरण गरी कर विवरण पेश गरेका होटल तथा रेष्टुरेन्टले पाउनेछन्।

hotel pmo22

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad