कारोबार


ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी

ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १३:२१,

अग्रणी स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वर्ल्ड कंग्रेस शंघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ। कार्यक्रमको आयोजना ओपो स्ट्यान्ड (बुथ नं एन२-ई४०)मा उपकरण चार्जिङका नवप्रबर्तन, फाइभजी कनेक्टिभिटी र स्मार्ट प्रविधि लगायतको प्रदर्शनीका साथमा गरिएको थियो।

कञ्जुमर ईलेक्ट्रोनिक्स र चिप म्यानुफ्याक्चरिङ लगायत क्षेत्रका अग्रणी पार्टनर्सका साथै सीसीटीएल (चाइना टेलिकम्यूनिकेशन टेक्नोलोजी ल्याब्स)का चार्जिङ प्रविधिका विशेषज्ञहरु पनि फ्ल्याश चार्ज प्रविधिको भाविष्यका बारेमा अन्तरक्रियाका लागि सहभागी भएका थिए।

जम्मा २० मिनेट भित्रै ४ हजार एमएएच क्षमताको फोन ब्याट्रीलाई १०० प्रतिशत चार्ज गर्ने क्षमता सहितको १२५वाट फ्ल्याश चार्जर लगायतपनि ओपो स्ट्याण्डमा प्रदर्शनीका लागि राखिएको थियो। त्यसैगरी, सोही क्षमताको ब्याट्रीलाई मात्र ३० मिनेट भित्र पूर्ण चार्ज गर्ने क्षमता सहितको ६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्ज उत्पादन तथा ओपोका प्रोप्राइटरी प्रविधिहरु लाईसेन्ड गरेका विभिन्न पार्टनर्सहरुका उत्पादनहरु पनि प्रदर्शनीमा रखिएका थिए।

‘५जीले सबैको जीवनशैली मै ब्यापक परिवर्तन ल्याउने कुरामा ओपो विश्वस्त छ। ५जीको कभरेज र क्षमता विस्तारसंगै यसले विभिन्न क्षेत्रमा नयाँ एप्लिेकशन्सको विकाससंगै उपभोक्तालाई अप्रत्याशित अनुभव प्रदान गर्नेछ। हामी निरन्तर फाइभजी मानक विकासका लागि तत्पर छौँ। हामी टीभीदेखि सीपीई तथा एआर लगायत नयाँ फाइभजी उपकरण र तिनका प्रयोग माथिको अन्वेषणलाई निरन्तर्ता दिइरहने छौँ’, ओपो रिचर्स ईन्ष्टिच्यूटका उपाध्यक्ष हेनरी ट्याङले एमडब्ल्यूसी शंघाईमा फाइभजी ईन्नोभेशन एण्ड ईन्भेष्टमेन्ट समिटमा ५जी नवप्रबर्तनका बारेमा भने।

05_Wireless_Air_Charging_OPPO_MWCS_21.jpeg

ओपोको एमडब्ल्यूसीएस स्ट्यान्डमा फ्ल्याश चार्जका साथै अन्य चार क्षेत्रका आकर्षक नवप्रबर्तनात्मक प्रविधिहरु प्रदर्शित छन्।

भविष्यका स्मार्ट होम
प्रदर्शित ‘द स्मार्टहोम अफ दि फ्यूचर’ले ओपोका आईओटी उत्पादनले हाम्रा घरहरुलाई कसरी स्मार्टर र अझ कनेक्टेड बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। क्वालकम स्न्यापड्रागन एक्स५५ ५जी मोडेम-आरएफ प्रणालीद्वारा सञ्चारित पृथक सीपीई, ओम्नीले फाइभजी सिग्नललाई दूई प्रोप्राइटरी एन्टिना प्रणाली मार्फत स्थिर, उच्च गतिको वाईफाई कनेक्शनमा परिनत गर्ने क्षमता राख्छ।

ओ–रिजर्भ ५जी एन्टेना प्रणालीले सब-६जीएचजेड ५जी स्पेक्ट्रमको प्रयोग गरी स्वचालित रुपमा आफ्ना ८ मध्य ४ एन्टेनाको प्रयोग गर्दै सवोत्कृष्ट सिग्नलको छनोट गर्छ। त्यसैगरी, ओ–मोशन ६६०डिग्री प्रविधिले स्वचालितरुपमा आफ्नो एन्टेना पूर्ण रुपमा घुमाई सीपीईको अवस्थिती ५जी मिलिमिटर वेभ सिग्नल पाउनका लागि उत्कृष्ट तवरमा स्थापित गर्छ। ओपो, क्वालक टेक्नोलोजिज् आईएनसी., र एरिक्शनले भरखरै ओम्निका साथमा ५जी मिलिमिटर वेभ प्रविधिको सफल परिक्षण गर्दै ४.०६जीपीबीएस डाउनलिंक गति प्राप्त गरेको छ।

ओपो बुथमा आउने आगन्तुकले ओम्नी एन्टेना प्रणाली र अन्य ५जी प्रविधिका बारेमा थप जानकारी लिन सक्छन्। तिनले अगुमेन्टेड रियालिटी (एआर) सपिङ र गेमिङ अनुभव लिन सक्नेछन्।

फ्यूचरिस्टिक टेक्नोलोजिज् क्षेत्रमा एमडब्ल्यूसीएसका आगन्तुकले ओपो एक्स २०२१ कन्सेप्ट फोनलाई अझ नजिकबाट नियाल्ने अवसर प्रदान गर्छ। यसको स्क्रिन ६.७ बाट अनरोल हुँदै ७.४ ईञ्च पुग्न सक्छ। तिनले ७.५वाट चार्जिङ पावर सहितको ओपोको नयाँ वायरलेस एयर चार्जिङ प्रविधि कति तिब्र र कति सहज छ भन्ने कुराको अनुभवपनि गर्न सक्छन्। यो अत्याधुनिक नवप्रबर्तनले म्याग्नेटिक रेजोनेनसको प्रयोग गर्दै चार्जिङ म्याटको १०सीएम भित्र उपकरण आउने बित्तिकै कार्य आरम्भ गरी वायरलेस चार्जिङ प्रविधिका विद्यमान असमर्थताको पूर्ति गर्छ।

स्मार्टफोन एरियामा रेनो ५ सिरिजका साथै, रेनो५ प्रो+ ५जी आर्टिस्ट लिमिटेड एडिशन पनि प्रदर्शनीका लागि राखिएको छ। ग्राफिक आर्टिष्ट जोशुआ भिड्ससंगको सहकार्यमा डिजाइन गरिएको यो सुन्दर उपकरणले मात्र एक ट्यापको भरमा आफ्नो रियर प्यानलको रंग सिल्भरबाट नीलोमा परिनत गर्छ। यसका लागि फोनमा ईलेक्ट्रोक्रोमिक ग्लासको प्रयोग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad