सेयरबजारमा साढे ८ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त गिरावटपछि २६५१.५२ विन्दुमा छ।
बिहीबार २ अर्ब ८३ करोडको मात्र किनबेच भएको नेप्सेले जनाएको छ।
यस दिन ८३ वटा सेयरको मूल्य बढे पनि १७२ वटाको घटेको र १९ वटाको स्थिर रहेको नेप्सेले जनाएको छ।
बढेकामध्ये टक्सार पिठुवा खोला हाइड्रोपावर १४.९९ प्रतिशत, याम्बलिङ हाइड्रोपावर १४.९९ प्रतिशत र कालिका लघुवित्त १२.८४ छन्। अन्य सेयर अधिकतम ५.१६ प्रतिशतसम्म बढेका छन्।
घटेकामध्ये भुजुङ हाइड्रो ११.०३ प्रतिशत सबैभन्दा बढी छ। यसबाहेक अधिकतम ८.९७ प्रतिशतसम्मले सेयरहरु ओरालो लागेका छन्।
कारोबारमा भने १२ करोड ७७ लाखसहित सोपान फरम्यास्युटिकल्स अगाडि छ।
9
Shares

प्रतिक्रिया