नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले मुलुकभर १४ वटा डेटा सेन्टर बनाउने भएको छ।
३ अर्ब रुपैयाँ लगानीमा ३ वर्षभित्र ती डेटा सेन्टर बनाउने घोषणा गरेको हाे।
बिहीबार भर्चुअल पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले देशकै महत्वपूर्ण पूर्वाधार बनाउन लागेको घोषणा गरेको छ। वर्ल्डलिंकका चिफ टेक्निकल अफिर समिर जानाले प्रत्येक प्रदेशमा हुने गरी १४ वटा डेटा सेन्टर बनाउन लागेको बताए।
‘हामीले ३ अर्ब रुपैयाँ लगानीमा १४ डेटा सेन्टर बनाउनलागेका छौँ’, जानाले भने, ‘२ देखि ३ वर्षभित्रमा यी सबै बनिसक्नेछन्।’
यी डेटा सेन्टरमा ५ सय र्याक हुनेछन् भने ६ मेगावाट विद्युत् खपत हुनेछन्। एउटा टियर ३ सर्टिफाइ र अरु टियर २ का हुने उनले जानकारी दिए। यो डाटा सेन्टर वर्ल्डलिंकको मात्र नभएर सबैले प्रयोग गर्नसक्ने वर्ल्डलिंकले जनाएको छ। नेपालमै कन्टेन डेभलप गर्ने र नेपालमै होष्ट गर्नसक्ने हिसाबले नेपालमै बनाउने प्रयास भइरहेको कम्पनीले बताइएको छ। डिजिटल नेपाल योजनाअन्तर्गत नै यो डेटा सेन्टर बनाउन लागेको वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले बताए। प्रत्येक प्रदेशको डाटा प्रत्येक प्रदेशमा हुने भएकाले यस्ता डाटा सेन्टर बनाउन आवश्यक भएको बताए।
‘डिजिटल नेपालको सपना साकार बनाउन यो डेटा सेन्टर आवश्यक छ,’ अग्रवालले भने, ‘त्यस हिसाबले हामीले डाटा सेन्टर बनाउन लागेका हौं।’ बाहिरका कम्पनीसँग पनि सहकार्य गर्ने अग्रवालले बताए। ‘एकल प्रयासबाट हामीले गर्न सक्दैनौं,’ उनले भने, ‘प्राविधिक पार्टनर खोजिरहेका छौं। गृहकार्य गरिरहेका छौं।’
डेटा सेन्टर भयो त्यति सजिलै ग्राहकसमक्ष तीव्रगतिको इन्टरनेट प्रदान गर्न सकिने वर्ल्डलिंकका सीइओ केशव नेपालले बताए। अहिले भइरहेको डेटा सेन्टरको क्षमताले आगामी दिनमा क्षमता नभएका अब यी डेटा सेनटर बनाउन अवश्यक रहेको जानाले बताए। वर्ल्डलिंकले प्रत्येक प्रदेशमा हुने गरी डेटा सेन्टर बनाउँदै छ। यसको सुरुवात काठमाडौंबाट गर्दै छ।
काठमाडौंमा बन्ने डाटा सेन्टरमा ३५० र्याक हुन्छन्। ३ मेगावाट पावर प्रयोग हुनेछ। काठमाडौंमा जग्गा किनेर बनाउने काम सुरु भइसकेको छ। त्यसपछि भतरपुमा काठमाडौंका विकल्पको रुपमा अर्को डेटा सेन्टर बनाउँदै छ। भरतपुरमा ५ सय किलोवाट क्षमताको १०० र्याक हुनेछन्। त्यस बाहेक पोखरा, बुटबल, हेटौंडा, भक्तपुर, दुहवी, वीरगन्जमा २५० देखि ३५० र्याकका डेटा सेन्टर बन्नेछन्। त्यस्तै, ढल्केबार, अत्तेरिया, भैरहवा, कोलहपुर सुर्खेत र काठमाडैंमा पनि बन्दैछन्।
अहिले स्थानीय कन्टेन बढिरहेको र इन्टरनेट प्रयोग पनि तीव्ररुपमा बढिरहेको अवस्थमा यि डाटा सेन्टर आवश्यक रहेको वर्ल्डलिंकले जनाएको छ। काठमाडौंभन्दा बाहिर सानो सानो सहरमा डिटिल कन्टेन बढिहरेको अवस्थामा नेपालमा विश्वसनीय डेटा सेन्टर छैन। यी डाटा सेन्टरमा सबैे संस्थाहरुले आफ्ना डेटा राख्न सक्नेछन्। क्लाउड डाटाको लागि पनि यो प्रयोग गर्न सकिनेछ। सबै तरिकाले सुरक्षित हुने जानाले बताए।
२५ वर्ष पूरा गरिसकेको वर्ल्डलिंकका ४ लाख ८ हजार ५ सय घरधुरीमा इन्टरनेट पुगेको छ। ती घरधूरी २६ लाख प्रयोगकर्ता रहेको वर्ल्डलिंकले जनाएको छ। नेपालमा आउने कुल व्यान्डविथमा ४३ प्रतिशत वल्र्डलिंकले प्रयोग गर्छ। वर्ल्डलिंक ७३ जिल्लामा प्रयोग भइरहेको जनाएको छ।

प्रतिक्रिया