फोटोफिचर


सुरु भयो स्वस्थानी व्रतकथा मेला (फोटोफिचर)


प्रविन कोइराला
माघ १५, २०७७ बिहिबार ७:३१,

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना बिहीबारदेखि सुरु भएको छ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

भक्तपुरको हनुमानघाटमा पनि बिहीबारबाट श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना सुरु भएको छ। बिहानै श्रद्धालु भक्तजन र व्रतालुहरु भेला भएर स्नान गरी पूजा आराधान सुरु गरेका हुन्। यस्तै साँखुस्थित शालीनदीमा पनि एकमहिने माधवनारायण मेला सुरु भएको छ। 

हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ।

स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने धार्मिक विश्वास छ । रोग ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।

हेरौँ तस्बिर

swastani_hanuman_ghat1.jpg

swastani_hanuman_ghat4.jpg

swastani_hanuman_ghat5.jpg

swastani_hanuman_ghat10.jpg

swastani_hanuman_ghat7.jpg

swastani_hanuman_ghat15.jpg

swastani_hanuman_ghat9.jpg

swastani_hanuman_ghat12.jpg

swastani_hanuman_ghat17.jpg

swastani_hanuman_ghat19.jpg

swastani_hanuman_ghat20.jpg

swastani_hanuman_ghat22.jpg

swastani_hanuman_ghat23.jpg

swastani_hanuman_ghat28.jpg

swastani_hanuman_ghat29.jpg

swastani_hanuman_ghat30_1.jpg

swastani_hanuman_ghat31_1.jpg

swastani_hanuman_ghat33.jpg

swastani_hanuman_ghat34.jpg

swastani_hanuman_ghat35.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad