ad ad

कारोबार


फाइभजी : गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने समय

फाइभजी : गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने समय

नेपालखबर
माघ १४, २०७७ बुधबार ११:२१,

साईबरपंक २०७७ सार्वजनिकले हामीमाझ टाढाको भविष्यको झल्को प्रस्तुत गरेको छ। तर, गेमिङमा क्रान्तिकारी परिवर्तन आउने संकेतका साथै सो समय टाढा नभएको कुरापनि फाइभजीले संकेत गरिरहेको छ।

फाइभजी-ईन्हेन्स्ड क्लाउड गेमिङले नयाँ गेमिङ कन्सोल्स वाहाई-एण्ड ग्राफिक्स कार्ड्स किन्नुपर्ने झञ्झटबाट मुक्तिदिनुका साथै, सहजै ईन्टरनेटमा कनेक्टेड भई जहाँसुकै जुनसुकै समयमा गेमिङको मज्जालिन सक्ने सुविधा उपलब्ध गराउने छ।

फाइभजी र क्लाउड गेमिङ
के हो त क्लाउड गेमिङ? क्लाउड गेमिङले क्लाउडको उर्जा मार्फत गेम सिन रेन्डर गरी हाम्रा उपकरणमा सहजै स्ट्रिम गर्ने कार्य गर्छ। यसले गर्दा विभिन्न गेमिङ प्ल्याटफर्मको छनोट गर्ने तथा महंगा कन्सोल्स किन्ने, अल्झिने तारहरुको झञ्झट तथा गेम डाउनलोडवा अपडेट हुँदा कुर्नुपर्ने समयलगायत झञ्झटबाट समेत छुटकारा दिन्छ।

लो लेटेन्सी फाइभजीले क्लाउड गेमिङमा तिब्रता प्रदान गर्नुका साथै सुरक्षित प्रतिक्रिया दिन्छ। लो लेटेन्सी नै त्यो प्रमुफिचर हो, जसले फाइभजीलाई पछिल्ला पुस्ताका सेल्यूलर नेटवर्क भन्दासबल तुल्याउँछ। तर, लो लेटेन्सी र उच्चगति एउटै भने होइन। लो लेटेन्सीको अर्थ अनुरोध र प्रतिक्रियाविलाग्ने न्यूनतम समय हो।

अधिकांश अत्याधुनिक गेममा हल्का ल्यागले पनि भर्चुअल जीवन र मृत्यूको निक्र्यौल गर्छ। भाग्यवस, फाइभजीले लेटेन्सीलाई १०एमएस सम्म घटाउने क्षमता राख्छ। अहिले यस क्षेत्रमा देखा परिरहेका नवप्रबर्तनको गति नियाल्दा भविष्यमा लेटेन्सी १एमएस सम्मन झर्ला भन्दा दूई मत नहोला।

फाइभजीको साथमा गेमिङ गर्दा प्रतिक्रियाकालागि लाग्ने समयमा आउने न्यूनिकरणले वास्तवमै आफ्नै साथीहरु माझ बसेर गेमिङको पूर्ण मज्जा लिएको अनुभुति हुन्छ। डाटा ट्रान्समिशन समयमा ध्यानै नजाने हुँदा अल्ट्रा स्मूथ गेमप्लेको कार्य सम्पादन कुनै गेमिङ कन्सोल भन्दा फरक छैन।

एमडब्ल्यूसी २०१९मा सहभागीले ओपोको पहिलो फाइभजीफोन रेनो फाइभजीमा फाइभजी क्लाउड गेमिङको अनुभव लिने अवसर पाएका थिए। हतियारमा आधारित कम्ब्याट गेम सोलक्यालिबर ६ स्ट्राइक्स र काउण्टर एट्याकलगायत समयमा पनि विनाकुनै रुकावट तथा ढिलाई मज्जाले चलेको थियो।

साथीहरुका साथमा फाइभजी-सपोर्टेड गेमिङको मज्जा
यो क्लाउड गेमिङकाबारेमा मात्र होइन। ठूला हाइ-रिसोल्यूशन स्क्रिनदेखि स्मार्टफोन गेम्स अन द गो सम्म, हामी सबैजना खेल्नाका लागि ईन्टरनेटमा भर पर्छौँ। गेमिङको उत्कृष्ट पक्ष भन्नुनै यसले प्रदान गर्ने सबैजना एकै साथ खेल्ने अवसर हो। हामी संसारको जुनसुकै कुनामा भएतापनि हामी आफ्नो भर्चुअल विश्व सेयर गरिरहेका हुन्छौँ।

फाइभजीको कुरा गर्दा उच्च ब्याण्डविथ र लो-लेटेन्सीका साथै यसले अल्झिने तारको झञ्झटबाट छुटकारा दिन्छ। ओपो स्मार्टफोन, ट्याब्लेट वा अन्यउपकरणको प्रयोग गरी सिधै आफ्ना साथीहरुसँग गेमिङमा जोडिन सक्नु हुन्छ।

एआर-भीआरका साथमा नवप्रबर्तनात्मक गेमिङ अनुभव
एआर र भीआर पनि गेमिङ अनुभवकाभूल्नै नसकिने पाटा हुन्। क्लाउड गेमिङमाझैँ एआर÷भीआरका लागि आवश्यक सबै गणना क्लाउडमै गर्न सकिन्छ। त्योपनि गेमप्लेकै दौरान डाटा ट्रान्समिशनका साथमा। बृहत्तर गेम्स, हाइपर रियालिस्टिक सिन्स र अन्तरक्रियात्मक कन्टेन्ट लगायतले डाटा ट्रान्समिशन, ईन्टरनेटको गति न्यून विलम्बताको आवश्यकतालगायत चुनौती थपेको छ।

विद्यमान डिजिटल पुर्वाधारले यी चुनौति झेल्न सक्ने अवस्था भने छैन। यी चुनौतिको समाधानका रुपमा फाइभजी वाइडब्याण्ड र लो लेटेन्सी हाम्रा सामुन्ने छन्।

ओपो ईन्नो डे २०२०माएआर ग्लास २०२१ सार्वजनिक गरिँदा उपस्थितले एमओबीए-स्टाइल गेम र टावर डिफेन्स गेम मार्फत अगुमेन्टेड रियालिटीको अनुभव गरेका थिए। फाइभजी कनेक्टीभिटीका साथमा भर्चुअलका साथमा रियालिटी सम्मिलित गेमहरु अझ रचनात्मक र विविधतापूर्ण हुनेछन्।

ल्यागिङ जमानाको अन्त्यः
न्यून बिलम्बताको फाइदा गेमिङमा मात्र नभइ अन्य क्षेत्रमा पनि उत्तिकै छ। त्यस्तै एक महत्वपूर्ण क्षेत्र हो औषधि। उदाहरणका लागि फाइभजी सञ्जालको प्रयोग गर्दै डक्टरहरुले सटिकरुपमा टेलि-अपरेटेड रोबोटिक सर्जरी गर्न सक्छन्। फाइभजीले उपलब्ध गराउने न्यून बिलम्ब सुविधामार्फत अपरेटिङ कक्षका तस्विर तथा डाटा विनाकुनै ढिलाई ट्रान्समिशन गर्न सकिन्छ।

यसले गर्दा सर्जरी सटिक भरपर्दो र थप सुरक्षित बनाउन सहयोग मिल्छ। विश्वभर यस प्रविधिको सहयोग मार्फत सफलरुपमा सर्जरीहरु सफलताका साथ सम्पन्न पनि भइसकेका छन्। यस प्रविधिको ब्यापक प्रयोगले विकट क्षेत्रहरुमा उच्च गुणस्तरीय मेडिकल स्रोत पु-याउन सघाउ मिल्छ।

यसको अर्को प्रयोग स्वचालित कारहरुमा पनि देख्न सकिनेछ। अहिले सम्मल्यागिङ र कमजोर प्रतिक्रिया समयका कारण अवधारणाका रुपमा सिमित रहेको यसलाई पनि फाइभजीले चाँडै नै सार्थकता प्रदान गर्ने सम्भावना प्रबल छ।

फाइभजीलो लेटेन्सीले चलचित्रहरुमा देखिने फ्युचरिस्टिक सपनाझैँ लाग्ने अधिकांश सोचहरुलाई वास्तविकतामा बदल्न सघाउने छ। लो लेटेन्सीका फाइदाहरु गेमिङ, रिमोट सर्जरी वा स्वचालित सवारीहरुमा मात्र सिमित छैनन्।

ओपोका फाइभजी उपकरणहरुले समग्र नयाँअनुभवहरु तपाईँकै औँलामा उपलब्ध गराउँदै फाइभजी ईन्टरनेट अफएक्स्पेरियन्सको जमानामा रोमाञ्चक र आरामदायिताको अनुभव प्रदान गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .