नेपालमा पनि कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु भइसकेको छ। आजै (बुधबार) एकसाथ देशभर खोप अभियान सुरु गरिएको हो। छिमेकी मुलुक भारतसहित विश्वका विभिन्न देशमा कोरोनाविरुद्ध खोप लगाउने अभियान यसअघिदेखि नै जारी छ।
अब संक्रामक भाइरस कोरोनाबाट खोपले सुरक्षा दिने आशा आम मानिसमा जागेको छ। तर खोपलाई प्रभावकारी बनाउन यो लगाएर मात्र पुग्दैन, हामी आफूले पनि केही नियम पालना गर्न जरुरी हुने विज्ञ बताउँछन्।
हालै गरिएको एक अध्ययनअनुसार आफूमा खोपको प्रभावकारिता बढाउन खोप लगाउनुअघि दुई काम गर्न जरुरी हुन्छ।
यदि तपाईंको प्रतिरक्षा प्रणाली (रोगसँग लड्ने क्षमता) बलियो छैन भने खोपले तपाईंलाई भाइरसबाट बचाउन सक्दैन। यसकारण हाम्रो शरीरमा खोपले प्रभावकारी काम गर्नाका लागि एउटा बलियो आन्तरिक प्रणाली बलियो हुन एकदमै जरुरी छ। अन्यथा हाम्रो शरीर सजिलै डिप्रेसन र तनावजस्ता स्थितिबाट प्रभावित हुन सक्छ।
धेरै तनाव तथा निराशाले भाइरसविरुद्ध लड्ने हाम्रो शरीरको आन्तरिक शक्ति घटाउन सक्छन्। तर मनोवैज्ञानिक पत्रिका ‘पर्सपेक्टिभ्स’ पत्रिकामा प्रकाशित हालैको एक अध्ययनको निष्कर्षअनुसार निद्रा र व्यायाय यी दुई यस्ता विशेष गतिविधि हुन्, जसले प्रतिरक्षा प्रतिक्रिया बढाउन सक्छन्।
निद्रा र व्यायाम
यसर्थ खोप लगाउनुअघि हामीले आफ्नो स्वास्थ्य बलियो बनाउन निद्रा र व्यायामलाई प्राथमिकता दिनु निकै महत्वपूर्ण छ। अनुसन्धानकर्ताले के सुझाव दिएका छन् भने खोप लगाउने अघिल्लो रात पर्याप्त मात्रामा निदाउन आवश्यक छ र खोप लगाउनु कम्तीमा २४ घण्टाअघि निकै व्यायाम गर्नुपर्छ।
यसरी खोपले शरीरमा राम्रो प्रभाव पार्नुमा निद्रा र शारीरिक गतिविधिसँग सम्बन्धित छ भनेर निष्कर्ष निकाल्ने यो एउटा मात्र अध्ययन होइन। इन्टरनेसनल जर्नल अफ बिहबरल मेडिसिनमा प्रकाशित अर्काे एक अध्ययनले पनि फ्लुविरुद्ध लगाइएको खोपले तिनलाई राम्रोसँग काम गर्यो जो खोप लिनु अघिका २ रात मजासँग निदाउँछन्। हेपाइटिस ए र हेपाटाइटिस बीको खोपमा पनि यस्तै पाइएको थियो।
निद्रा र व्यायामले कसरी खोपलाई प्रभावकारी बनाउँछन्?
अनुसन्धानकर्ताका अनुसार निद्राको कमीले एन्टिबडी उत्पादनका लागि आवश्यक प्रतिरक्षा प्रक्रियामा उतारचढाव ल्याउन सक्छ। यसैकारण एन्डिबडी बढाइराख्न पर्याप्त मात्रा निदाउन आवश्यक छ। यस्तै दोस्रो कुरा खोप लगाउनुअघि तपाईं शारीरिक रूपमा सक्रिय हुँदा वा व्यायाम गर्दा खोप लगाइसकेपछि त्यसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो पार्न सहयोग पुर्याउँछ।
यसकारण राति सुत्नुअघि र बिहान उठेपछि तपाईंको गतिविधि विशेष हुन जरुरी छ। राति सुत्नुअघि कम्तीमा ३० मिनेट पहिले बन्द गर्नुस्, साथै रक्सी, क्याफिनयुक्त भोजन अर्थात् पेय पदार्थ तथा बढी मात्रामा खाना नखानुस्।
साथै खोप लगाउनुअघि र लगाइसकेपछि हरेक दिन ३० मिनेट कुनै पनि किसिमको शारीरिक व्यायाम गर्नुस्। खोपको दोस्रो डोज लिने बेलासम्म यस्तै दिनचर्या काम राख्नुपर्छ। पहिलो डोज लगाएको २८ दिनपछि अर्काे डोज दिइन्छ। दुवै डोज लिएपछि मात्र त्यसले कोरोना भाइरसविरुद्ध काम गर्ने विश्वास गरिन्छ। एजेन्सीकाे सहयाेगमा
Shares
प्रतिक्रिया