काठमाडौं उपत्यकाबाट उत्सर्जन हुने फोहोरमैला व्यवस्थापन गर्न छलफल सुरु भएको छ। बीओटी विथ जिरो वेस्ट तथा वेस्ट टु इनर्जी अवधारणामा व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले सरोकारवालासँग छलफल थालेको हो।
महानगर तथा नगरपालिकाबीच समन्वय भई काम भए काठमाडौं महानगरपालिकाको मात्रै ५० करोड बढी जोगिन सक्ने बताइएको छ। फोहोर व्यवस्थापनबाट जोगिएको रकम पूर्वाधार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने कामपाले जनाएको छ।
त्यसैगरी ठूलो संख्यामा सफाइ कर्मचारीहरुको व्यवस्थापन, फोहोर मैलासम्बन्धी सम्पत्ति व्यवस्थापन, ल्याण्डफिलसाइट प्रभावित क्षेत्रका बासिन्दाबाट हुने अवरोध क्रमिकरुपमा कम हुँदै जाने बताइएको छ।
फोहोरबाट ऊर्जा निकाल्ने अवधारणा सफल भए फोहोरमैला व्यवस्थापनमा व्यावसायिकताले प्रवेश पाउनेछ र समग्र उपत्यकाको फोहोरमैला व्यवस्थापन सहज तथा प्रभावकारी हुने उल्लेख गरिएको छ।
प्रतिक्रिया