ad ad

राजनीति


कार्यकर्ता पक्राउको विरोधमा नेविसंघको प्रदर्शन

कार्यकर्ता पक्राउको विरोधमा नेविसंघको प्रदर्शन

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १०:१५,

आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

षड्यन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झुठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो। नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले भौतिक दूरी भने कायम नगरेको पाइएको छ। उपत्यकामा कोरोना संक्रमणको दर बढीरहेको भए पनि नेविसंघको प्रदर्शनमा सहभागीहरुले भौतिक दूरी कायम नगरी प्रदर्शन गरेका हुन्। उनीहरुले कोरोना पीडित जनताको उपचारका लागि सरकार उदाशिन देखिएको नेविसंघको भनाइ छ।

प्रदर्शनमा सहभागीहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाईदैन, भ्रष्ट सरकार चाँहिदैन’, ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुठा मुद्दा खारेज गर’ भन्दै नाराबाजी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .