ad ad

कारोबार


गत वर्षभन्दा ८ प्रतिशतले बढ्यो रेमिट्यान्स

गत वर्षभन्दा ८ प्रतिशतले बढ्यो रेमिट्यान्स

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ९:५०,

गत वर्षभन्दा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०७७।७८को दुई महिनामा १खर्ब ६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ।

दुई महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा ८६.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो।

दुई महिना अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .