अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ।
बुधबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकी सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।
अर्थमन्त्री पौडेल र राजदूत बेरीबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड –१९ महामारीको नियन्त्रण र सो पछिको आर्थिक पुनरुत्थानमा हुने सहयोग लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
त्यस अवसरमा राजदूत बेरीले अर्थमन्त्रीलाई पुनः अर्थमन्त्री भएकोमा बधाई दिँँदै सफल कार्यकालको शुभकामना दिए।
उनले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै अमेरिका सरकारले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे।
Shares
प्रतिक्रिया