साझा यातायातले आज (बुधबार) देखि लामो दूरीका बस पनि सञ्चालन गर्दै छ।
साझा यातायातले हिजै मंगलब ट्विटमार्फत दिएको जानकारीअनुसार आज साँझदेखि काठमाडौं–भैरहवा तथा काठमाडौं–बागलुङ रूटमा रात्रि बस सञ्चालन गरिने भएको हो।
ट्विटरमा भनिएको छ- ‘साझा यातायातद्वारा सञ्चालित डिलक्स रात्रि बस सेवाअन्तर्गत काठ–बागलुङ र काठ–भैरहवामा नेपाल सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गर्दै ०७७/०६/०७ देखि नयाँ बसपार्कबाट साँझ ७ बजे र कलंकीबाट साँझ साढे ७ बजे बस छुट्ने बेहोरा आदरणीय यात्रु महानुभावमा जानकारी गराइन्छ।’
टिकटका लागि यात्रुले हरिभवनस्थित साझा यातायतको कार्यालय वा ई-सेवामा सम्पर्क गर्न सकिने साझा यातायातले जनाएको छ।
कोरोना महामारी नियन्त्रणका लागि भनेर देशभर लागू गरिएको लकडाउनका कारण चैत ११ देखि ६ महिना बन्द लामो दूरीका साझा बस आजबाट चल्ने भएका हुन्।
काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दूरीका साझा बस भने यस अघिदेखि नै सञ्चालन भइरहेका छन्।


प्रतिक्रिया