सांसद रामनारायण बिडारीले बलात्कारबारे दिएको अभिव्यक्तिबारे कडा आलोचना भएको छ।
अधिवक्तासमेत रहेका राष्ट्रियसभा सदस्य बिडारीले बोलेको ‘भिडियो क्लिप्स’ ट्विटरमा सेयर गर्दै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले यस्तै प्रवृत्तिका कारण समाजमा बलात्कार बढेको टिप्पणी गरेकी हुन्।
त्यसलाई रिट्विट गर्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले झन् कडा आलोचना गरेका छन्।
‘राष्ट्रिय सभालाई यस्ता निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरूले भरेर कसरी रसातलतिर पुर्याइँदैछ भन्ने अर्को उदाहरण हो यो,’ डा। भट्टराईले लेखेका छन्, ‘पत्नीसँग पनि इच्छाविपरीत यौनकर्म गर्नु बलात्कार हुन्छ भन्ने यी वकिल महोदयलाई थाहा नहोला र? बरू ९० प्रतिशत बलात्कार आरोप सत्य र १० प्रतिशत झुटो पो होला त?’
राष्ट्रिय सभालाई यस्ता निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरूले भरेर कसरी रसातलतिर पुर्याइँदैछ भन्ने अर्को उदाहरण हो यो! पत्नीसंग पनि इच्छा विपरित यौनकर्म गर्नु बलात्कार हुन्छ भन्ने यी वकिल महोदयलाई थाहा नहोला र?बरू९०%बलात्कार आरोप सत्य र १०%झुटो पो होला त?Shame to rapist apologists! https://t.co/sucp8OMR4o
— Baburam Bhattarai (@brb1954) September 20, 2020

प्रतिक्रिया