ad ad

कारोबार


राष्ट्र बैंकद्वारा ब्याजदर करिडोरसम्बन्धी संशोधित कार्यविधि लागू (कार्यविधिसहित)

राष्ट्र बैंकद्वारा ब्याजदर करिडोरसम्बन्धी संशोधित कार्यविधि लागू (कार्यविधिसहित)

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ८:३२,

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत नीतिगत व्यवस्थाहरूमा गरिएका परिवर्तनलाई समावेश गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन, २०७३) को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ (दोस्रो संशोधन, २०७७) जारी गरी लागू गरेको छ।

अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाबमोजिम ब्याजदर करिडोर पद्धतिको सुरूवात भएको थियो।

सोहीअनुसार ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयन गरी समयसापेक्ष रूपमा परिमार्जन हुँदै आएको र आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिका व्यवस्थाहरूलाई समावेश गरी नयाँ ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ कार्यान्वयन गरिएको थियो तर पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट उत्पन्न असहज परिस्थितिबाट मुलुकको समग्र अर्थतन्त्रमा पार्नसक्ने असरलाई न्यूनीकरण गर्ने सन्दर्भमा सो कार्यविधिमा पहिलो संशोधन गरी कार्यान्वयनमा रहेकोमा मौद्रिक नीतिमा परिवर्तित व्यवस्थालाई पनि समावेश गरी कार्यविधिको दोस्रो संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ।

संशोधित कार्यविधिअनुसार मौद्रिक नीतिको उद्देश्य र वित्तीय बजारको अवस्थालाई हेरेर तरलता अनुगमन र प्रक्षेपण संरचनाले देखाउने तरलताको आधारमा ब्याजदर करिडोरमार्फत तरलता प्रवाह तथा प्रशोचन गरिनेछ। राष्ट्र बैंकका अनुसार करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ५ प्रतिशत रहेको छ। त्यस्तै ओभरनाइट रिपो दर नीतिगत दरको रुपमा ३ प्रतिशत र तल्लो सीमाको रुपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर १ प्रतिशत रहेको छ।

अरु के–के छन् व्यवस्था?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .