ad ad

समाज


सामाजिक दूरी कायम गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीमाथि कुटपिट

सामाजिक दूरी कायम गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीमाथि कुटपिट

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ८:३८,

स्वाब संकलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो।

बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेका बताइएको छ। भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालन रहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए।

उनले भने, ‘विद्यालयमा बैठक चलिरहेको थियो। ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए। मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा म माथि हातपात भयो।’

हातपातबाट ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको बताइएको छ। स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी बोहराले बताए।

उनले भने, ‘निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु। यसपछि के हुन्छ। त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु।’

स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्यसमेत प्रभावित भएको ढुंगाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले बताए।

उनले भने, ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरेका थियौँ, तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ।’

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको समेत माग गरिएको ढुंगाड स्वास्थ्यचौकीका प्रमुख साउँदले बताए। प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कुटपिटमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने जानकारी दिए।

उनले भने, ‘स्वास्थ्यकर्मी कुटपिट भएको भन्ने खबर पाएपछि संलग्न ती व्यक्तिलाई नियन्त्रमा लिन प्रहरी टोली गएको छ।’

स्थानीय तहमा स्वाब संकलन कार्य भइरहेको छ। अहिलेसम्म ३७५ जनामा कोरोना पुष्टि भएको छ भने ३६२ जना डिस्चार्ज भइसकेका छन्। जिल्लामा १३ जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .