कारोबार


पुँजीगत लाभकरको निर्धारण सीडीएससीबाट नभए पुनः आन्दोलनको चेतावनी

पुँजीगत लाभकरको निर्धारण सीडीएससीबाट नभए पुनः आन्दोलनको चेतावनी

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ७:०,

नेपाल इन्भेष्टर्स फोरमले तत्काल भारित औसत दरमा पुँजीगत लाभकरको निर्धारण सीडीएससीबाटै गराउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै फोरमले औसत भारित दरबाट लगानीकर्ता स्वयंले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पुँजीबजारलाई पुनः कागजी प्रक्रियामा धकेलेको र लगानीकर्ता पुनः ब्रोकर अफिसमै धाउनुपर्ने झन्झट र अव्यावहारिक अवस्था आएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो।

फोरमका अध्यक्ष छोटेलाल रौनियारले जारी गरेको विज्ञप्तिमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको गत असार ३१ गतेको र स्टक ब्रोकर एसोसिएन नेपालको साउन १ गते जारी धितोपत्र कारोबारको पुँजीगत लाभकरसम्बन्धी विज्ञप्तिप्रति पनि आपत्ति जनाइएको छ। गत आर्थिक वर्षमै पुँजीगत लाभकरको गणना विधिबारे दुविधा भएकोले सरकार, बोर्ड, नेप्से, सीडीएस एण्ड क्लियरिंग लिमिटेड, फोरका प्रतिनिधि र ब्रोकर एसोसिएसनका प्रतिनिधिको उपस्थितिमा भारित औसत दरको आधारमा पुँजीगत लाभकर लगाउने सहमति भएको विज्ञप्तिमा जनाइएको छ।

सोही बमोजिम सरकारको चालू आवको लागि तयार आर्थिक विधेयकमा आयकर ऐन २०५८ को दफ ९५ कअनुसार संशोधनमार्फत उपदफा २ को खण्ड २ क बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो, सोही निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गणना गनुपर्ने विषय विधेयकमा आइसकेको र स्वीकृत समेत भइसकेको जनाइएको छ।

पुँजीबजारमा लगानी गर्ने लगानीकर्ताको सम्पूर्ण कारोबारको विवरण र लागत समेत सीडीएससी र ब्रोकरको कम्प्युटर प्रणालीमा रहेको र सोहीअनुसार भारित औसत दरमा पुँजीगत लाभकर प्रविष्टि गर्ने गरी गत वर्ष नै सहमति भए पनि पुनः झन्झट व्यहोर्न बाध्य बनाइएको भन्दै आपत्ति जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad