राजनीति


सांसदको मागः जनताको काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने कानून चाहियो

सांसदको मागः जनताको काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने कानून चाहियो

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ६:५०,

प्रतिनिधिसभाका सांसदहरुले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाका सांसदद्वय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सत्तारुढ नेकपाका सांसदसमेत रहेका रावलले शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढी सास्ती व्यहोर्नुपर्ने अवस्था आउनेतर्फ पनि सरकारलाई सचेत गराए।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कारबाहीको व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गरे।

सांसद कँडेलले कर्मचारीहरुलाई आफ्नो दायित्व पूरा नगरे कारबाही गर्ने कानुनी व्यवस्था नभएकै कारण मुलुक भ्रष्टाचारको दलदलमा फसेको पनि स्मरण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad