कोरोनाका कारण रोजगारी गुमेकालाई अन्य सीप रुपान्तरण गर्ने योजना अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेका छन्।
रोजगारी गुमेकालाइ हस्तकला, बिजुली मर्मत, सिकर्मी, डकर्मी जस्ता तालिम संघ र प्रदेशमा सञ्चालन गरिने उनले बताए।
यसको लागि १ अर्ब बजेट बिनियोजन गरिएको छ। त्यसबाट ५० हजारलाई रोजगारी सृजना गरिने लक्ष्य लिइएको खतिवडाले घोषणा गरेका छन्।
प्रविधि तथा व्यवसायिक शिक्षाको लागि ७५ हजारलाई सिपमुलक तालिम दिनको लागि ४ अर्ब ३४ करोड छुट्याइएको छ।
युवा स्वरोजगार कोषबाट १२ हजारलाई रोजगारी सृजना गरिने घोषणा गरिएको छ।
नेपाली नागरिकलाई रोजगारी उपलब्ध गराउन श्रम स्वीकृति नलिई काम गर्ने विदशीलाई कडाइ गरिने बताइएको छ।
सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ। सामाजिक सुरक्षाभक्ताको लागि ६७ अर्ब ५० करोड सामाजिक सुरक्षा भत्ताको लागि छुट्याइएको छ।
प्रतिक्रिया