आगामी आर्थिक वर्षमा हरेक वाणिज्य बैंकको एक शाखाले कम्तिमा १० जनालाई सहुलियतपूर्ण स्वरोजगार कर्जा दिनुपर्ने भएको छ।
बजेट भाषण मार्फत अर्थमन्त्री युवराज खतिवडाले सो व्यवस्था गरेका छन्।
वाणिज्य बैंकको शाखा जुन स्थानमा रहेको छ सो क्षेत्रका १० जनालाई सहुलित पूर्ण स्वरोजगार कर्जा दिनु पर्ने बजेट भाषणमा उल्लेख छ।
त्यस्तै विकास बैंकले भने प्रति शाखा ५ जनालाई कर्जा वितरण गर्नु पर्ने व्यवस्था अर्थमन्त्रीले गरेका छन्। यो कार्यक्रम गत वर्ष पनि आएको तर कार्यान्वयन हुन नसकेपछि अर्थमन्त्रीले बैंकलाई तोकेर भनेका छन्।
प्रतिक्रिया